Monday 30th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६८ औं श्रृंखला मुक्तक विशेष कव्य गोष्ठीको रुपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६८ औं श्रृंखला मुक्तक विशेष कव्य गोष्ठीको रुपमा यहि मिति २०८०।५/६ मा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एवं वरिष्ठ कवि डा. बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै जितालीले मुक्तक भनेको मुक्त हुनि पर्छ ।चार पङ्तिले भन्न खोजेको सबै पूरा गरेको हुनु पर्छ ।आज मुक्तक र खोरिया विभिन्न रसमा प्रस्तुत भए खोरिया लोक छन्दको रुपमा लोकप्रिय बन्दै गएको छ । यो चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ भन्नु भयो ।

बरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूल सॅगै तुलना गर्नु हुॅदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नु भयो । कलानिधि दाहालले चन्द्रागिरिको निरन्तर कार्यक्रमको प्रसंसा र खोरियाको लोक प्रियता द्रुतगतिले बढेकोमा खुसी व्यक्त गर्नु हुदै शुभकामना व्यक्त गर्नु भयो ।

सुधा बास्कोटा ढकालको उद्धघोषण र लक्ष्मी प्रसाद मिश्रले स्वागत गर्नु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र,अनुराधा थापा,गंगा गहतराज अभिलाषी,उर्मिला पन्त,शुरेश घिमिरे,सरला तिमल्सिना,सरिता वाग्ले,शारदा आचार्य,बिनु बाबा घिमिरे,सुशील रिजाल,यज्ञ सुवेदी,तारा घिमिरे,सबिता केसी,चन्द्रावती अधिकारी,बीर बहादुर लोहनी,घनश्याम पौडेल,लगायत २२ जना मुक्तककारहरुले आ-आफ्नो रचना वाचन गर्नु भयो ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले सभापतिको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै तीज विशेष खोरिया र मुक्तक प्रस्तुत गर्नु हुदै प्रमुख अतिथि लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...