Wednesday 9th September 2026

शिव कुमार रेग्मीमा विविध जुनेलीहरू


विविध विषयका जुनेलीहरू:-
====================
(१)
तेज छ
घाम
रूच्दैन
माम।
(२)
पसिना
पुछ्दै
भातको
मुछ्दै।
(३)
बस्दैछु
खान
गर्मी छ
मान।
(४)
गर्मीले
खानी
नपरी
पानी।
(५)
भारत
आछौँ
दुखले
खाछौं।
(६)
यस्तै छ
हाल
बिजोग
चाल।
(७)
गरीब
हुने
बसेर
रुने।
(८)
रिनको
भारी
नोटिस
जारी।
(९)
पकडी
माउ
गर्दछ
साहु।
(१०)
सत्ताको
भित्र
भ्रष्टका
चित्र।
(११)
खवर
आछ
छर्लङ्ग
भाछ।
(१२)
युवाको
शक्ति
बिदेशी
भक्ति।
(१३)
बिदेश
गाछन्
दुखले
खाछन्।
(१४)
नोकरी
देउ
देशमा
ल्याउ।
(१५)
लगाई
नारा
युवाको
सारा।
प्रवर्तक
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...