Saturday 16th May 2026

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : नब्बेयौँ भाग (९०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०४/१५
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट: आज श्रावण १५ परेकाले यसै दिनको विशेषता झल्काउने पञ्चाङ्ग लेख्नुहुन स्रष्टाहरूमा अनुरोध छ ।
पञ्चाङ्ग १
काट्नु छ घाँस आऊ भिर जाउँला हामी
दोहोरी गीत दुःखपिर गाउँला हामी
भागमा परेको सुखदुःख काट्नु पर्छ
दोभानमा मिसिन तिर धाउँला हामी
श्रावणको पन्ध्रमा खिर खाउँला हामी ।
तिलकप्रसाद लुइटेल, काठमाडौँ ।
पञ्चाङ्ग २
श्रावण पन्ध्र खिरको भान्सा
वचनवाण तीरको भान्सा
खुसी बटुल्ने ठाउँ कहाँ छ
हृदय छेड्ने झिरको भान्सा
आँखामा आँसु पिरको भान्सा ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग ३
भयो चारैतर्फ रन्बन् समेत हरियाली देशमा
धेरै ढिलो पर्यो बर्षातको पानी यस्पाली देशमा
आकासको भर हुन्छ देशका किसानहरू लाई
खुसि हुन्छन् गजब भयोभने बालिनाली देशमा
किसान खुसिहुन्छन् भए फाली र कोदाली देशमा ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ४
के गर्नु खिरको कुरा
गर्दैछौ तीरको कुरा
बुझ्दैनन् कोही कसैले
झुकेको शिरको कुरा
मनमा पिरको कुरा ।
– आर्त अकुलीन
पञ्चाङ्ग ५
कति खोला बगर तीर धाईयो नानी
जीवनमा कति त पीर पाईयो नानी
आज खिर खाने दिनको शुभकामना
सधैँभरि नै उचा शिर लाईयो नानी
साउन पन्ध्र आज खिर खाईयो नानी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ६
ख्वाएर गयौ मीठो खीर सानु
जाँदाजाँदै हान्यौ तिर सानु
बदलाको भावमा कति
समयसँग जुधेर पर्यो पीर सानु
दुनियाँ देखेर चढेछौं भीर सानु ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग ७
यो छातीभरि भरिएको छ पिर के गर्नु
धोकेबाजले रोपी मुटुमा झिर के गर्नु
साउन पन्ध्र आएछ भन्छन् सबै सबैले
मनै भएपछि झन् अस्थिर खिर के गर्नु
निहुरिएपछिको जाबो यो शिर के गर्नु ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ८
श्रावणको पन्ध्र खिर खाने भन्छन्
यो पर्व सबै बुझेर माने भन्छन्
सोमबार परेकोले सबै साथी
शिव मन्दिर जल ली जाने भन्छन्
माता पिता सबैलाई लाने भन्छन् ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
मिठा मिठा धुनमा गीत गाउँदै खीर खाने
उकाली र ओराली गर्दै धाउँदै खीर खाने
समय अनुसार पर्व मान्दै बाँड्दै हौसला
जगतमा उल्लासमय छाउँदै खीर खाने
खेतीपाती उत्कृष्ट काम पाउँदै खीर खाने ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १०
पन्ध्रमा खुशीले खिर खानु पर्छ
परम्पराको पाराले मानु पर्छ
रोपाइँले थुरिएको जिउलाई
शरिरले मलजल पानु पर्छ
यसै बहानामा खुशी गानु पर्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ११
न थपिने जोड भर्यो जिन्दगी
न त घटाउमा पर्यो जिन्दगी
परिस्थिति त आइलागेकै हुन्
सधैं न गुणन गर्यो जिन्दगी
न भागवण्डामा सर्यो जिन्दगी ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
साउन पन्द्र भजन गाऊँदै खिर खाने
परिश्रमी खेतबारी धाउँदै खिर खाने
नेपालीका हरेक पर्वहरू नै खास छन्
हरेकले खुसियाली छाउदै खिर खाने
अनेक खुसीका प्राप्ति पाउदै खिर खाने ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १३
खाँऊ कि नखाँऊ कचौरोमा खिर छ
सहेर बस्नुपर्ने मनमा पिर छ
स्वतन्त्र भनेर पखेटा काटिदिए
हार मान्दै भन्छु खुट्टामा जन्जिर छ
गर्वको कुरा हुँदा झुकेको शिर छ ।
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
पञ्चाङ्ग १४
सुनको खेती गर्न थाले चामल पाउनु कहाँ
सुनको खेतीमा त फल्यो पित्तल लाउनु कहाँ
दही चिउरा त जसो तसो पैचो मागी खाइयो
लैनो भैंसी सित रागो साटे दूध आउनु कहाँ
खिर खाने दिन आयो दुध माग्न धाउनु कहाँ ?
पशपती राई खोटाङ !
पञ्चाङ्ग १५
मास मीठो मधुमास साउन हो
खुशी भइ खिर खान धाउन हो
सारा जग हरित भएको वेला
तिजका मिठा गीत गाउन हो
मनमा आनन्द सुख पाउन हो ।
सरिता काफ्ले कोहलपुर ८ बाँके
पञ्चाङ्ग १६
दूधमा चामल पकाएर खीर
गृहलक्ष्मीलाई फकाएर खीर
साउनको पन्ध्र मनाउन भनी
खानु पेटभरी छकाएर खीर
डकार्नु बाहिर सकाएर खीर ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १७
कुँडे कराईको फोहोर फालेर पकाको खिर
साउन पन्ध्रमा दुध उमालेर पकाको खिर
खिरले राम्रो गर्छ स्वास्थ्यलाई साउने झरिमा
तेजपुञ्ज चुलो झुलुक्क बालेर पकाको खिर
नरिवल, किस्मिस, काजु हालेर पकाको खिर ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १८
१.
एकपटक आफ्नो बचपन फर्किए हुने नि
श्रावण बनी त्यही समय पनि दर्किए हुने नि
कति उल्लासमय वातावरण हुने थियो होला
आएको बाधाहरु जति बाटोमा तर्किए हुने नि
कहिलेकाहीँ हाँसो खुसी दु:ख झैं लर्किए हुने नि ।
२.
रमाएकी छु राम्रोसँग त्यही सम्झना प्रणयमा
घरीघरी खेल्न मन छ त्यही भावना प्रणयमा
चाहेर पनि कहाँ मिल्दो रहेछ फुर्सद हजुर
रुमलिएँ अवरोधको त्यही सामना प्रणयमा
उत्साहित भएर चुलिन्छु म चाहना प्रणयमा ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग १९
गुलियो मन पर्दैन खिर न लिए
छु म साथामा तिम्रो पिर न लिए
असार गयो साउन पन्ध्र आयो
पकाउँदै रोटी त्यो झिर न लिए
व्यंग्य हान्दै बोलिमा तिर न लिए ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग २०
समपञ्चाङ्ग
नसोचेको मनमा पीर हुँदोरहेछ
हेर्दा समथर कतै भिर हुँदोरहेछ
मानवता हराएको स्वार्थी दुनियाँमा
तिम्रो मीठो त्यो बचन तिर हुँदोरहेछ
जिन्दगानी सिध्याउने झिर हुँदोरहेछ ।
साउन पन्ध्रको पर्व त खिरको रहेछ
सुख दुखको खेल त तक्दिरको रहेछ
के भनौं र खै याद तिम्रो आउँछ भनेर
झझल्को आउने तिम्रो तस्बिरको रहेछ
जिन्दगी जिउन कठिन स्थिरको रहेछ ।
तारा घिमिरे सङ्खुवासभा


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...