Monday 29th June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६५ औं स्वतन्त्र कव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६५ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण १७ गते सम्पन्न भयाे ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं वरिष्ठ कवि एबं चारु राग विरागका प्रवर्तक डा.देवी पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै पन्थीले चन्द्रागिरि साहित्यले नयॅा विधालाई स्थान दिई विकास गरेको छ । गजलको ऐतिहासिक पृष्टभूमि केलाउॅदै गजल नारि प्रति लक्षित रचना हो भने चारू पुरुष प्रतिको वर्णन हो भन्नु भयो । अहिले नेपालमा जन्मेको कविताका स्वरुपहरु छन् । खोरिया नेपाली साहित्यमा लोक प्रिय लोक छन्द बिधाको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भईरहेको छ ।आज कविता,चारू खोरिया,सुसेली,मुक्तक,घोयत्रो जस्ता नयाॅ विधाहरु वाचन भए । चन्द्रागिरिले निरन्तर कार्यक्रम गर्दै आईकहेको छ यो ठूलो साहित्य सेवा हो भन्नु भयो ।

विशिष्ठ अतिथि डा.बम बहादुर थापाले चन्द्रागिरिको कार्यक्रम लोक प्रियताले स्रष्टाहरुमा महत्व पूर्ण स्थान ओगटेको छ भन्नु भयो ।

बिशिष्ठ अतिथि गंगा लिगल, कलानिधि दाहालले कार्यक्रमको निरन्तरताको प्रशंसा गर्दै अझ प्रगतिको शुभकामना दिनु भयो । चुडा निर्भिकको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस दुर्गा भमरकोटे,उत्तम भेटवाल,लक्ष्मी प्रसाद मिश्रउमा ओडारी,आपसन घिमिरे,घनश्याम पौडेल,रेखा भट्टराई रेणुका घिमिरे,संगीता ठाकुर,सरला तिमल्सीना,सरिता वाग्ले, टेक बहादुर लौडारी,बीर बहादुर लोहनी,अनुराधा थापा,सुरेश घिमिरे,यमुना प्रधानाङ्ग उमा ओडारी,जिविका अश्रु,नीता गुरुङ्ग ।सुधा बास्कोटा ढकाल,सन्जना शर्मा,लगायत २६ जना सर्जकहरुले अा-अाफ्ना रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई ३/२/३
३/२/३
३/२/३
२/३ अक्षर मिलाएर लेख्दा छन्द पूर्ण हुन्छ भन्नु हुॅदै अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाएका छौ ।नेपाल भारत,अमेरिका र न्यूजिल्याण्ड देखिका स्रष्टाहरु जोडिनु भयो, यो अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा कृतज्ञता ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...