Thursday 8th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६४ औं स्वतन्त्र कव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६४ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण १० गते सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ कवि डा,बम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै थापाले कविता भनेको शव्द र संगीत अर्थ र अभिप्रायको अनौठो अनुभूति हो बुझ्न कठीन छ बुझ्यो झन् कठीन हुन्छ भन्नु भयो । नेपाली साहित्य धेरै दृष्टिकोणबाट लोक प्रिय छ । पहिले बाहिरबाट आएका विधाको अनुवाद हुन्थ्यो । अहिले नेपालमै जन्मेका कविताका स्वरुपहरु छन् । खोरिया नेपाली साहित्यमा लोक प्रिय लोक छन्द बिधाको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भईरहेको छ । लोक भाका भएकोले सबैको जिब्रोमा झुण्डीएको छ । चन्द्रागिरिले निरन्तर कार्यक्रम गर्दै आईकहेको छ यो ठूलो साहित्य सेवा हो भन्नु भयो ।

विशिष्ठ अतिथि डा देवी पन्थीले चन्द्रागिरिको कार्यक्रम लोक प्रियताले स्रष्टाहरुमा कहिले बुधबार आउॅंछ भन्ने लालच आउॅंछ यो भनेको निरन्तरता नै हो भन्नु भयो ।

बिशिष्ठ अतिथि गंगा लिगल, मणिराज सिंह,कलानिधि दाहालले कार्यक्रमको निरन्तरताको प्रशंसा गर्दै अझ प्रगतिको शुभकामना दिनु भयो । चुडा निर्भिकको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस दुर्गा भमरकोटे,उत्तम भेटवाल,लक्ष्मी प्रसाद मिश्रउमा ओडारी,यज्ञलाल सुवेदी,टेक बहादुर लौडारी,बीर बहादुर लोहनी,गंगा अभिलाषी,उर्मिला पन्त,बिनु बाबा घिमिरे,अनुराधा थापा, सरिता वाग्ले,सुरेश घिमिरे,सन्जना शर्मा,निता गुरुङ,लगायत २३ जना सर्जकहरुले अा-अाफ्ना रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई ३/२/३
३/२/३
३/२/३
२/३ अक्षर मिलाएर लेख्दा छन्द पूर्ण हुन्छ भन्नु हुॅदै
अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाएका छौ ।नेपाल भारत,अमेरिका र न्यूजिल्याण्ड देखिका स्रष्टाहरु जोडिनु भयो,यो अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा कृतज्ञता ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...