Thursday 8th October 2026

शोभा आचार्य गौतमका केही षड्ऋतुहरू


षड्ऋतुहरु
१/
षड्ऋतुकाे आज
शुभकामना छ,
तेस्रो याे वर्षको ,
लेखिरहँ सधैँ,
याे षणऋतुमा
कपिका पन्नामा ।
२/
साउनकाे मास,
हरियाली हेर्दै ,
अक्षरले भर्दै,
कहिले ओराली,
कहिले उकाली,
शब्दहरू सँगै ।
३/
चराको चिर चिर,
आवाज वनमा,
हराईरहेछ,
सुनेर आनन्द,
शान्ति याे मनमा
छाईरहेकाेछ।
४/
रुखविरुवाले,
भरपूर पाए,
साउने झरीकाे
उल्लास साथमा,
चारैतिर हेर,
हरियाली छाए।
५/
किसानकाे खुसी,
हरिया खेतमा,
भरिएका गरा,
धानका फाँटमा,
दुख छ साथमा,
फल्ने त्याे आशमा।
६/
कतै भेल आयाे,
डुबायाे लौ बस्ती,
खुसी नि हरायो,
अन्याेलतामा ल,
निराश गरायो,
दुःख ओ हाे छायाे।
७/
यस्तै छ जीवन,
कहिले दुःख छ,
अनि सुख नि छ,
निराशा हराई,
खुसीअनि आशा,
बाँच्दछु जगाइ।
▪️शोभा आचार्य गौतम
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...