Sunday 26th July 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं स्वतन्त्र कव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण ३ गते सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ कवि डा. बम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै थापाले खोरिया नेपाली साहित्यमा लोक प्रिय लोक छन्द बिधाको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भईरहेको छ लोक भाका भएकोले सजिलोछ सबैको जिब्रोमा झुण्डीएको छ । चन्द्रागिरिले साहित्यको ठुलो सेवा गरेर निरन्तर कार्यक्रम गर्दै आईकहेको छ यो ठूलो साहित्य सेवा हो भन्नु भयो ।

बिशिष्ठ अतिथि गंगा लिगलले कार्यक्रमको निरन्तरताको प्रशंसा गर्दै अझ प्रगतिको शुभकामना दिनु भयो सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस उत्तम भेटवाल,उत्तम विपस्वी,लक्ष्मी प्रसाद मिश्र,चन्द्रावति अधिकारी,टेक बहादुर लौडारी,बीर बहादुर लोहनी,आरती आरोही,गंगा अभिलाषी,कृष्ण घिमिरे,भवानी घिमिरे,सरला तिमल्सीना,उर्मिला पन्त,सुनिता राई,बिनु बाबा घिमिरे,दुर्गा क्षेत्री,अनुराधा थापा, लगायत २१ जना सर्जकहरुले अा-अाफ्ना रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई ३/२/३
३/२/३
३/२/३
२/३ अक्षर मिलाएर लेख्दा छन्द पूर्ण हुन्छ भन्नु हुॅदै अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा कृतज्ञता ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...