Saturday 28th March 2026

तिन महिनामा ७०० फिलिपिना कामदार डिर्पोट भए


तिन महिनाको अवधिमा सात सय फिलिपिनो कामदारहरु कुवेतबाट डिर्पोट भएका छन । उनीहरु लाई डिर्पोट का लागि लाग्ने जहाज शुल्क आफै व्यहोर्न लगाईएको हो । कुवेतमा स्पोन्सर को घरमा तोकिएको अवधी अगावै भाग्नेहरुका लागि टिकट स्पोन्सर दिन बाध्य हुने छैन ।

सुरक्षा स्रोतहरूले विशेष गरी तिनीहरूको देशको दूतावासद्धारा खोलिएको आश्रय घर अर्थात सेल्टर बन्द भएपछि, भाग्न प्रयास गर्ने फिलिपिनो कामदारहरूको संख्यामा उल्लेखनीय गिरावट आएको बताएका छन । पहिले, धेरै कामदारहरूले गैरकानूनी माध्यमहरूको सहारा लिएका थिए जसले होस्ट देशको कानूनको उल्लङ्घन गर्ने गर्दथ्यो ।

दूतावासको आश्रयमा शरण लिएका ५०० फिलिपिनो कामदारलाई पक्राउ गरेपछि उनीहरूलाई डिर्पोट गरिएको थियो । विभिन्न कारणले यात्रा प्रतिबन्ध मा परेका करिब १३० जनालाई भने प्रहरी हिरासतमा राखिएको थियो । स्पोन्सरको घरबाट चोरी गरेका तथा आर्थिक मुद्दाहरू जस्ता उजुरीहरूसँग सम्बन्धित थिए।

तीन महिनाको अवधिमा, फिलिपिनो समुदायका लगभग ७०० सदस्यहरूलाई देश निकाला गरिएको छ र स्पोन्सरहरुले टिकट दिएका थिएनन । फिलिपिन्सका लागि प्रति टिकट को मूल्य २५० देखि ३५० दिनार बीच मा रहने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...