Saturday 28th March 2026

अपराधको जालो तोडदै कुवेत, रक्सि उद्यमी पनि २ हजार ज्यादा पक्राउ


कुवेत सिटी, कुवेत प्रहरीले सेप्टेम्बर १, २०२२ देखि मे ३०, २०२३ सम्म अर्थात नौ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा हवाली, अहमदी, जाहरा, फरवानिया र मुबारक अल(कबीर का चेक पोईन्टहरुको रिर्पोटलाई आधार मानेर निकालेको संख्या २२,२१२ पक्राउ परेका छन ।

माथि उल्लेखित अवधिमा कानूनले खोजेका अर्थात वारेन्ट जारि भएका ५३४ जना छन । यसरी नै आवासिय कानून उल्लङ्घन गर्ने २,६९५ प्रवासीहरू छन । उनीहरुलाई सवैलाई स्वदेश फिर्ता गर्ने गरि डिर्पोटेसन सेन्टरमा पठाइएको छ ।

मेजर जनरल अब्दुल्लाह अल(राजीबको नेतृत्वमा रहेको क्षेत्रको तथ्याङ्क अनुसार, अधिकांश उल्लङ्घनकारीहरू फरवानिया गभर्नरेटमा पक्राउ परेका थिए (
त्यस्तै लागुऔषध तथा मदिरा कारोबारमा संलग्न २ हजार २ सय ७९ जना छन भने लागुऔषध मुद्दामा २ सय २७ जना पक्राउ परेका हुन । रक्सि अर्थात मदिरा पिउने, बनाउने र बेच्नेमा २ हजार ५ सय ६ जना पक्राउ परेका छन् । जुन मुद्धामा सवै भन्दा धेरै नेपाली रहने गरेका छन ।

लागु औषध दुव्र्यसन मुद्धामा सबैभन्दा धेरै फरमानियामा ४२०, जाहरामा ३९५ र बाँकी अन्य क्षेत्रमा समातिएका हुन । अहमदी गभर्नोरेटमा सबैभन्दा बढी ५२ रक्सीका केसहरू छन्, त्यसपछि जाहरा र फरवानिया गभर्नोरेटमा ३३(३३ छन्।

साथै, ट्राफिक उल्लङ्घनको संख्या १००,१६९ पुगेको छ जसमा अहमदी गभर्नरेट २०,४४४ जना छन । यस क्षेत्रमा ३९ हजार ४३२ ठूला र साना सवारी दुर्घटना भएका पनि भएका छन् । जबकि अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको क्षेत्रमा पार्किङ गर्ने २३० जना पनि कारबाहिमा परेका छन ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...