Saturday 28th March 2026

नश्लबादी रबैयाका कारण फ्रान्समा भडकदै छ हिंसा -२००० गाडी जलाईए


एक प्रहरी अधिकारीले एक १७ बर्षिय युवा लाई ट्राफिक नियम उल्घन गरेको आरोपमा गोली हानी मारेको घट्नालाई लिएर अहिले फ्रान्सभरी उग्र प्रर्दशनहरु र हिंसा भईरहेको छ । काला जातिका ति युवाले गोली हान्न पर्ने गरी कुनै गल्ती गरेका थिएनन । तर नश्लबादी हैकम देखाउदै प्रहरीले गरेको ज्यादती फ्रान्सका लागि निक्कै महंगो सावित भएको छ ।

फ्रान्स हिंसा राष्ट्रसंघको कडा टिप्पणी, २ हजार सवारीसाधन जलेर खरानी, ​​८७५ जना पक्राउ परेका छन । फ्रान्समा विगत तीन दिनदेखि जारी हिंसाबारे संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले शुक्रबार कडा टिप्पणी गरेको छ । मानव अधिकार एजेन्सीले यो गोलीबारीले फ्रान्सले आफ्नो कानून र व्यवस्था एजेन्सीहरूमा व्याप्त नस्लवाद सम्बन्धी चुनौतीको सामना गर्नुपर्ने देखाएको बताएको छ।

यसैबीच, जेनेभामा, संयुक्त राष्ट्र संघका प्रवक्ता रविना शामदासानीले फ्रान्सेली अधिकारीहरूले पुलिसले प्रयोग गरेको बल प्रयोग कानुनी, निष्पक्ष र गैर भेदभावपूर्ण छ भनेर सुनिश्चित गर्नुपर्ने बताएकी छिन्। फ्रान्समा विगत तीन दिनदेखि जारी हिंसा र आगजनीका घटनामा अहिलेसम्म दुई हजार सवारीसाधन जलाइएको छ र ४९२ घरमा क्षति पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार हिजो राति नै आगजनीका ३८०० घटना दर्ता भएका छन् । योसँगै हालसम्म ८७५ जना पक्राउ परेका छन् ।

हिंसा र आगजनीका घटनाहरू फ्रान्सको राजधानी पेरिसभन्दा बाहिर धेरै शहरहरूमा फैलिएका छन्। फ्रान्स सरकारले यो हिंसालाई रोक्न ४० हजार प्रहरी परिचालन गरेको छ । यससँगै सबै सहरमा कर्फ्यू लगाइएको छ । फ्रान्सको मार्सेली सहरमा साँझ ७ बजेदेखि सार्वजनिक विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन ब्रसेल्समा युरोपेली मुलुकहरुको बैठक छोडेर पेरिस फर्किएका छन् र, केहि समय अघि म्याक्रोन र फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न बीच आपतकालीन बैठक भएको थियो।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...