Sunday 28th December 2025

पेरुको चिहानमा हातले अनुहार छोपेको रहस्यमयी महिला फेला


२०२१ मा, एक महिला पूर्ण रूपमा डोरीले बाँधिएको र आफ्नो हातले आफ्नो अनुहार छोपेको अवस्थामा पेरुमा एक भूमिगत चिहानमा फेला परेको छ। सान मार्कोसको नेशनल युनिभर्सिटीका पुरातत्वविद्हरूले काजामारक्विलामा महिलाको अस्थिपञ्जर राम्रो अवस्थामा भेट्टाएका थिए । तटीय शहर र राजधानी लिमा, पेरुबाट उक्त चिहान फेला परेको ठाउँ १५।५ माईल भित्री पर्दछ ।

यी महिला ८०० देखि १२०० वर्ष पुरानो भएको अनुमान गरिएको छ। डोरीले बाँधिएको र भ्रूणको स्थितिमा उनको आकर्षक पोज पहिलो नजरमा झस्काउने देखिन्छ, अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यो दक्षिणी पेरुको अन्त्येष्टि गर्ने चलन हो। चिहानमा सिरेमिक, तरकारीका अवशेषहरू र ढुङ्गाका औजारहरू पनि थिए।
स्रोत न्यूयोर्क पोस्ट वेबसाइट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...