Friday 27th March 2026

कुवेत संसारको १८औं सुरक्षित देश नेपाल ७५ औ


कुवेत ग्लोबल फाइनान्सले भर्खरै सार्वजनिक गरेको विश्वका सबैभन्दा सुरक्षित देशहरूको सूचीमा कुवेत १८औँ स्थानमा छ भने नेपाल ७५ औ स्थानमा देखाईएको छ । वरियतामा आइसल्याण्ड, संयुक्त अरब इमिरेट्स र कतार शीर्ष स्थानमा छन् । बहराइन १२, साउदी अरेबिया १९ र ओमान २५ औ शीर्ष स्थानमा छ । जबकि सूची अनुसार विश्वका २५ औ सुरक्षित देशको सूचीमा मोरक्को २४ नम्बरमा छ ।

सिङ्गापुर, फिनल्याण्ड, मंगोलिया, नर्वे, डेनमार्क, क्यानडा र न्युजिल्यान्ड शीर्ष १० मा परेका छन् जसमा कुल १३४ देश समावेश छन्। यसैबीच, सूचीमा १० सबैभन्दा कम सुरक्षित देशहरू मा पिलिपिन्स , कोलम्बिया, ग्वाटेमाला, नाइजेरिया, बोस्निया र हर्जगोभिना, ब्राजिल, मेक्सिको, पेरु, यमन र उत्तरी म्यासेडोनिया पर्दछन ।

देशहरूको सुरक्षित अवस्था छुटयाउने स्कोर तीनवटा आधारभूत कारकहरूलाई ध्यानमा राखेर गरिएको छ । यी कारकहरूमा युद्ध र शान्ति मुख्य हुन । जुन विश्वव्यापी शान्ति सूचकांक द्वारा मापन गरिएको छ, व्यक्तिगत सुरक्षा भनेको धेरै कम अपराध दर, र प्राकृतिक प्रकोपहरूको जोखिम जसमा नयाँ महामारीको सम्भावना समावेश गरेर गरिएको छ ।

विश्वका १२ सुरक्षित देशहरू
आइसल्याण्ड
न्युजिल्याण्ड
आयरल्याण्ड
डेनमार्क
अस्ट्रिया
पोर्चुगल
स्लोभेनिया
चेक गणतन्त्र
सिङ्गापुर
जापान
स्विट्जरल्याण्ड
क्यानडा


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...