Sunday 19th May 2024

रोजगारीको लागि कुवेत आउने युवाहरूलाइ चुनौती र अवसर


गुलाम नवि मन्सुर – रोजगारी, उद्योग, व्यवसाय जस्ता धेरै कारणले आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने नेपालीहरु विश्वका विभिन्न देशहरुमा पलायन भएका छन। लाखौ नेपालीहरु कामका लागि विश्वका धेरै देशहरूमा बसेका छन। पछिल्लो समय अन्य देशको तुलनामा नेपालबाट खाडी मुलुकतर्फ सबैभन्दा बढी कामदार आउने गरेको देखिएको छ । खाडी देशहरूमा आउने कामदारहरूको सबैभन्दा ठूलो संख्या पाँच नम्बर प्रदेश र बागमती प्रदेश संगै क्रमशः अन्य प्रदेशका रहेका छन।

विदेशी कामदारको शोषणका कथाहरू यहाँ प्राय: हेडलाइन बन्छन्। त्यसकारण, यदि उच्च ज्यालाले तपाईंलाई कुवेतमा आकर्षित गर्छ भने, कुवेतमा काम गर्ने अवस्थाहरू बारे आफु सचेत हुनुपर्छ। खाडी मुलुकमा कामदारले वाचा गरेको तलब पाउँदैनन् र जे पाउँछन्, त्यो पनि ढिलो गरी दिइन्छ । अहिले पनि यहाँ काम गर्ने अवस्था राम्रो बनेको छैन । ८० प्रतिशत कम्पनीले कामदारको राहदानी समेत राखेको पाइन्छ जसका कारण श्रमिकले कुनै बाध्यता भएर घर फर्किन पनि कम्पनीले चाहेको बेला मात्रै कामदार आफ्नो देश जान पाउँछन् । यहाँ क्याथोलिक र अन्य कन्फेसनल संस्थाहरूलाई देशमा आप्रवासी कामदारहरूको पक्षमा काम गर्न अनुमति छैन, जसका कारण कामदारहरूले कुनै सहयोग पाउँदैनन्। ७ लाख भन्दा बढी नेपाली कामदारहरू ‘खाडी सहयोग परिषद- GCC’ का ६ देशहरू – बहराइन, कुवेत, कतार, ओमान, साउदी अरब र युएई मा बस्छन्। जसमध्ये करिब ७५ प्रतिशत ज्याला मजदुरी गर्ने कामदार छन् ।

कफाला प्रणाली खाडी देशहरूमा आप्रवासी कामदारहरू भर्ती गर्ने एक मात्र विधि हो जस अन्तर्गत कामदारहरूमा धेरै प्रतिबन्धहरू लगाइन्छ । सरल भाषामा भन्नुपर्दा अन्य देशबाट आएर यहाँ काम गर्ने मजदुरलाई उत्पीडनबाट उम्कने मौका छैन। उनीहरुले एक्लै जागिर छाड्न पाउँदैनन् र देशबाहिर जानको लागि पनि रोजगारदाताबाट अनुमति लिनुपर्ने हुन्छ । यहाँ रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न वा फिर्ता जान सक्दैन। रोजगारदाताले आफ्ना कामदारको राहदानी जफत गर्ने, अत्याधिक काम गर्न बाध्य पार्ने, यद्यपि, २०२२ वर्षमा G20 शिखर सम्मेलन अघि श्रम कानून सुधारहरू घोषणा गरिएको थियो, जसले ठूलो श्रम गतिशीलता र निजी क्षेत्रका आप्रवासी कामदारहरूलाई देश छोड्न र पुन: प्रवेश गर्न अनुमति दियो। यी उपायहरू काफाला प्रणालीलाई समाप्त नगरी केही सुधार गर्ने उद्देश्यले गरिएका थिए तर यसका बाबजुद पनि कोभिड–१९ को महामारीका बेला कामदारको अवस्था झनै नाजुक थियो किनभने त्यसबेलाको अर्थतन्त्र मन्दीमा प्रवेश गरेको थियो । खासगरी तेलको मूल्यमा आएको उल्लेख्य गिरावटका कारण आप्रवासीहरू शारीरिक र मानसिक रोगले ग्रसित देखिएका थिए । मनोवैज्ञानिक यातनाको सामना गर्नुका साथै खाडी देशहरूबाट बाहिर निस्कन थप कठिनाइहरू भोग्नुपरेको थियो ।

सामान्यतया खाडी देशहरूमा आप्रवासीहरुको लागी न्यायको पहुँच अत्यन्तै कठिन छ । कहिलेकाहीँ अवस्था यति दयनीय हुन्छ कि मजदुरको मृत्यु भएपछि पनि धेरै दिनसम्म परिवारलाई जानकारी समेत पुग्दैन । काम गर्न कुवेत आएका तर विविध कारणले मृत्यु भएका श्रमिक छन जसको मृत्यु भएर पनि लामों समय सम्म घरपरिवारले थाहा पाउँदैनन । अझ कुवेतका ठूला ठुला अस्पतालमा जानु पर्छ सयौ नेपालीहरु भेंटिलेटरमा उपचारार्थ कैयन घटना देखिएका छन। राष्ट्रिय तथ्याङ्कले गत दशकमा देशमा औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा रोजगारीका अवसरहरू घटेको देखाउँछ साथै नेपाल सरकारले पनि उच्च न्यूनतम पारिश्रमिक लागू गर्न सकेको छैन। त्यसैले आगामी वर्षहरूमा युवाहरु विदेशमा श्रमको लागी पलायन हुने सम्भावना अझ बढेको छ। यस विषयमा सरकार गम्भीर हुन अति आवश्यक छ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...