Friday 13th June 2025

अफगानिस्तानमा सलहहरूले गम्भीर खाद्य संकट निम्त्याउदैछ


लाखौं सलहहरू एक राष्ट्रको खाध्यबालीहरुमा ओर्लिन्छन् जहाँ पहिले नै १० परिवारहरू मध्ये ९ परिवारले खाध्यान्न पाउनका लागि संर्घर्ष गरिरहेका छन भने अब सोच्नुस त्यसमुलुकको अवस्था कस्तो होला ।

दशकौ लामो युद्धले थिलथिलो भएको अफगानीस्तानमा गएको मार्च महिना देखि एक थोपा पानी परेको छैन । उत्तरी अफगानिस्तानमा खाद्यान्न अभावमा फसेका किसानहरू र उनीहरूका परिवारहरूको असहाय नजरमा लाखौं सलहहरूले गरिरहेको बाली माथिको अर्को आक्रमण विगतको युद्ध भन्दा कम छैन ।

देशको रोटीको टोकरी भनेर चिनिने आठ प्रान्त मध्येको एक बल्खको कंदली गाउँमा गहुँको खेतमा खैरो कीराको झुण्ड जम्मा भएको छ । फसलको भोज गरिसके पछि तिनीहरूले अर्को वसन्तमा अण्डाहरू पार्नेछन र बेलैमा नियन्त्रणको उपाय नगर्ने हो भने अर्को बर्ष मा यसको बृद्धी १०० गुणा ले धेरै हुनेछ । सलहले गहुँ, मटर, तिल जस्ता हरियो सबै बालीलाई खाने गर्छ जसका कारण किसानहरुमा एक प्रकारको भोकमारी को अवस्था निम्तन सक्नेछ ।

हताश किसानहरूले मोरक्कन सलहहरूको विनाश खेप्न तयार हुन पर्ने देखिन्छ । संसारको सबैभन्दा भोकलु कीराहरू मध्ये एक मानिने मोरक्कन सलह मार्न मानिसहरुले जालको प्रयोग गरिरहेका छन तर पनि त्यो संख्या कमी हुनको सटटा बढिरहेको छ । “हामी सलह मार्न भोको पेट लिएर हिँड्छौं। यदि हामीले तिनीहरूलाई मारेनौं भने, हाम्रो कृषि बर्बाद हुनेछ, मोहम्मदले भने।

यस वर्षको प्रकोपले १ दशमलब २ मिलियन टन गहुँ नष्ट गर्न सक्छ, । संयुक्त राष्ट्र सँघ खाद्य र कृषी संगठन का अनुसार वार्षिक फसलको एक चौथाई र ४८० मिलियन अमेरिकन डलर सम्मको नोक्सान हुने अनुमान गरेको छ । अफगानिस्तानले लगातार तेस्रो वर्ष खडेरीको सामना पनि गरिरहेको छ र कंडालीका किसानहरूले मार्चदेखि वर्षा नभएको उनीहरुलाई कीराहरू हटाउन भने मद्दत पुगेको छ ।

अफगानिस्तानका प्रतिनिधि रिचार्ड ट्रेन्चार्डले गत महिना भनेका थिए, यस वर्षको फसलको पूर्वानुमान हामीले विगत तीन वर्षमा देखेका सबै भन्दा राम्रो हो।

तर यस प्रकोपले यी सबै हालका लाभहरू नष्ट गर्ने र यस वर्षको अन्त्यमा र अर्को वर्षमा नाटकीय रूपमा खाद्य असुरक्षा अवस्थालाई विगार्ने खतरा छ ।

अगस्ट २०२१ मा तालिबानले कब्जा जमाएपछि अर्बौं डलरको अन्तर्राष्ट्रिय सहायता रोकिएपछि दशकौंको युद्धले त्रसित अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ। राष्ट्रसंघीय विकास कार्यक्रमको पछिल्लो प्रतिवेदन अनुसार आर्थिक उत्पादनमा गिरावट आएको छ र देशको झण्डै ८५ प्रतिशत जनता गरिबीमा बाँचिरहेका छन् ।

विगतमा अफगानिस्तानमा धेरै बलियो सलह नियन्त्रण प्रणाली थियो, तर पछिल्ला दुई वर्षमा यो ठूलो मात्रामा नष्ट भएको छ, ट्रेन्चार्डले भने। यदि सलह अनियन्त्रित रह्यो भने, मोरक्कन सलहको जनसंख्या अर्को वर्ष १०० गुणा ले बढ्न सक्छ, उनले ले चेतावनी दिए ।

परिवारका १६ जनालाई पालनपोषण गर्ने किसान अब्दुल रकिब काजिमीले आफ्नो गाईवस्तुको घाँससहित ६० देखि ७० प्रतिशत उत्पादन नष्ट भएको बताए । “हामीले आफैलाई खुवाउनु पर्छ। यदि त्यहाँ गहुँ छैन भने, त्यहाँ पीठो छैन, ”३८ वर्षीयाले भने। म धेरै चिन्तित छु किनकि यी सलहहरूले यस क्षेत्रमा अण्डाहरू पारिरहेका छन्, त्यसैले अर्को वर्ष फेरि यो मेरो नियन्त्रण बाहिर र मेरा गाउँलेहरूको नियन्त्रण बाहिर हुनेछ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

इजरायलको अर्थतन्त्रको लचिलोपन बुझ्नको लागि, संकटको समयमा देशको सामना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्ने वस्तुनिष्ठ तथ्याङ्क हेर्नुपर्छ। "फलामको तरवार" युद्धको सुरुवातमा,…

प्रतिकृयाहरू
...