Saturday 31st October 2026

बालगीत -गुणनिधि घिमिरे


आकासको तारा
आङ्कुसेले झार
एउटा दिनु मलाई
अर्को तिमीलाई पार ॥

आउन मेरो काख
माया गर्छु लाख
मिठो छ कि नमिठो
अलिकति चाख ॥

आकासको …

काफल पाक्यो चरीले
गीत गायो बरिलै
तिमी पनि गाउन
लरिलै र लरिलै ॥

आउन मेरो …

तिमी सानु नानी
कति सारो ज्ञानी
बुबु माम खाएर
सुत झर्को नमानी ॥

काफल पाक्यो…

बिहानको घामले
पछि तिम्रै नामले
विश्वभरि चिनाउला
ठूला ठूला कामले ॥

तिमी सानु …

आकासको …

रचनाकारः— गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ
हालः— अमेरिका


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...