Saturday 3rd May 2025

सुन की पित्तल मात्र होईन अब सवै काण्ड को छानविन हुन पर्दछ


आज एमाले ले संसद अबरुद्ध गरर्यो यसो हुनमा माओवादी सांसदले पशुपति नाथको मन्दिरको जलाहरी पित्तलको हालेर सुन खाएको भन्दै केपी ओली माथि कटाक्ष गरे पछि यो विषयले गर्मागर्मी पैदा गराएको हो ।

‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखा प्रतिवेदनमा भनिएको छ ।

उसो भए कुरा के प्रष्ट छ भने १०७ किलो सुन खर्चनु पर्ने मा ९६ किलो ८२२ ग्राम लगभग ९७ किलो को प्रष्ट पहिचान रिर्पोट आयो । बाकी १० किलो सुन को विवरणमा पुष्टि हुन नसकेको भन्ने कुरा ले या त त्यसलाइ पुन जाँच पडताल गरेर यर्थाथ कति चाहि पुष्टि हुन्छ कति हुदैन भन्ने देखिने प्रष्ट रिर्पोट आउन परयो नत्र १० किलो सुन भ्रष्टचार भएको ठहर गर्न पर्ने देखियो । आरोप लगाउने सांसदले स्टन्ट र प्रचारबाजी गर्नुको साटो अक्तियारमा मुद्धा हालेर किन यसमा बदमास भएको हो भने दोषी लाई कारबाही नगर्ने भन्ने मा प्रष्ट हुन परर्यो । सरकारलाई पनि आरोपीत ले भनेको कुरामा विश्वास भए तुरुन्त छानविन किन नगर्ने स्पष्ट जवाफ सहित प्रस्तुत हुन पर्दैनर ? यदि यसो पनि होईन भने सांसदमा निराधार आरोप लगाउने सांसद माथि कारबाही गर्न परर्यो । जनताले बुझेको संसद र सांसद स्तरहिन, अनैतिक, अबौद्धिक र दुषित मानशिकताबाट ग्रसित छन भन्ने त्यो भवनलाई गाईजात्रा सभा हो र सांसदहरुलाई कमेडी क्लब का सदस्य हुन भनेर जनतालाई भन्न पर्ने देखियो । कुन कुरा कहाँ राख्ने भन्ने त स्पष्ट निती हुन पर्दैन । तमासा जनतालाई देखाई रहन पर्दछ । यस्ता तमासाले राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा सांसदको गरिमा कहाँ पुरयाउछ ?

अब जनता चाहान्छन सवै काण्डहरु माथि छानविन हुन पर्दछ । मुल्तविमा राष्ट्राघाती काण्डहरुलाई राखिनु हुदैन । यति, ओम्नी, लाउडा, धमिजा, केन्टोमेन्ट, सुडान घोटला, बालुवाटार ललितानिवास, अर्थमन्त्रालय को सीसीटिभी, आयल निगम को जग्गा प्रकरण, गिरिबन्धु टि स्टेट को काण्ड, स्वास्थ्य मन्त्रालय को घोटला काण्ड, गगनको बाख्रा र झलनाथको सर्प काण्ड, निजीकरणका नाममा बेचेर खाएका कलकारखाना एवं उद्योग धन्दा, क्रसर गिटी, एनसीएल काण्ड, मेलाम्ची लगायत देशमा सयौ काण्डैकाण्ड छन जसलाई तुरुन्त छानविन गर्न संसदिय समिती वा स्वतन्त्र जाँचआयोग बनाउन पर्दछ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपर मार्केटले ७० भन्दा बढि प्रजातिका आँपको साथ "म्याङ्गो म्यानिया 2025" शुरू गरेको छ । कुवेतका लुलु हाइपरमार्केटहरू आँपको…

हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर…

तपाईंको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ।…

प्रतिकृयाहरू
...