Sunday 21st April 2024

गद्य कविताः चिप्ले किरो


ए चिप्ले किरो
कताबाट छिरो
सिङ भएको हिरो
कहिल्यै हुन्न पिरो

हिँड्छ घस्री घस्री
बाटातिर पस्री
बालुवामा खस्री
लडिबडि पस्री

गल्ति छैन उसको
वास्ता लिन्न घुसको
विना मतलव झुसको
छैन केही तुषको

शरीर चिप्लो परेर
बल्ल जिउ सरेर
जान्छ पानी तरेर
चिपलिक् चिप्लिक गरेर

जबसम्म चिप्लो हुन्छ
तबसम्म बाँच्ने हो
त्यही चिप्लोको सहारामा
वरपर नाच्ने हो

पृथ्वी –
उसको पनि घर
त्यसैले छैन डर
गर्छ वरपर
हेला कहिल्यै नगर

बाँच्नु पर्छ सबैले
चिप्ले किरा दबैले
ग्यास्टिक निको पार्छ रे
मान्छेहरूले मार्छ रे

गर्नुहुन्न पाप
नमार्नु है धाप
धेरै चिप्लो हुन्छ
होला पछि विलाप ॥

गुणनिधि घिमिरे अमेरिका


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयाेजना हुने भएको छ…

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

प्रतिकृयाहरू
...