Saturday 16th May 2026

चित्रमा पञ्चाङ्ग, भाग – ६३


चित्रमा पञ्चाङ्ग
===========
भाग: ६३
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०१/२८
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिसठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
जिन्दगीको यात्रामा भइएछ फेल आज
समयले खेलाएछ यस्तो यो खेल आज
रमाउनु पर्छ दौँतरीको साथमा सधैँ
बगाउन स्वच्छता यो, आउँछ भेल आज
आँगन परदेश, यात्रा भयो नेल आज ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २

जिन्दगी जिउन खेल भो
रमाइलो झन् अचेल भो
मान्छे बुढो भएपनि मन
छ क्यारेम्बोटमा झेल भो
खेल्दाखेल्दै फेरि मेल भो
भगवती दवाडी, दमक, झापा

पञ्चाङ्ग ३
बुढाहरुको खेल राम्रो
साथि पाउनु मेल राम्रो
दिन त प-यो बिताउनै
नगर्नु कतै झेल राम्रो
बुढ्यौली चिप्लो तेल राम्रो ।

म प्र धि

पञ्चाङ्ग ४

सक्नुपर्छ रमाउन उमेरले छेक्दैन
खुसीहरू कमाउन उमेरले छेक्दैन
पिडाहरु भुलाएर मन बहलाउन
हात बरु समाउन उमेरले छेक्दैन
आऊ रंग जमाउन उमेरले छेक्दैन ।

रतन बिष्ट _आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ५

भ्रष्टाचारी नेता जानेछन् जेलमा साथी
खुट्टा भगौडाका पार्नेछन् नेलमा साथी
राम्रो छ काम युवा नेतृत्वले गरेको
भयो अब छियाछिया त्यो मेलमा साथी
आउ ढुक्क भइ रमाऔँ खेलमा साथी ।

टीकाराम जोशी, टीकापुर ।

पञ्चाङ्ग ६

तिम्रो खेल अनौठो
स्वार्थी मेल अनौठो
कस्तो ठीक बेठीक
चिल्लो तेल अनौठो
आँसु भेल अनौठो ।

– आर्त अकुलीन, कैलाली

पञ्जाङ्ग ७

खेल बुढाको राम्रो
झेल युवाको राम्रो
समाज दुबैको हो
बोली सुगाको राम्रो
लुगा सिलाको राम्रो ।

— देवी पन्थी—

पञ्चाङ्ग ८

जवानीको जोस हेर मेरा मित्र
सक्छौ भने पालो फेर मेरा मित्र
कस्ताकस्ता हार खाए मेरा सामु
जाने छैन गोटी खेर मेरा मित्र
हेर्दै रह प्वाल नेर मेरा मित्र ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ९

बुढेसकालमा पनि खेल मनपर्छ
सबैसँगको समान मेल मनपर्छ
आखिर के छ र मरिलाने जिन्दगीमा
पहिले भन्दा समय अचेल मनपर्छ
खेल्दै गर्दा तातो तातो सेल मनपर्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १०

कति खेले समय सित खेल्दैछु अझैपनि
दवाइ खादै भए पनि ठेल्दैछु अझैपनि
सास रहेसम्म हासी खुशी नै रहेको राम्रो
दुख पिडा जे आए पनि झेल्दैछु अझैपनि
रस आओस् या त नआओस् पेल्दैछु अझैपनि।
पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

बृद्धाहरुको रहर अचम्मै छ
समय काट्ने पहर अचम्मै छ
देशलाई कालो बादलले घेर्यौ
मुखै उक्लने जहर अचम्मै छ
देश बिथोल्ने कहर अचम्मै छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १२

खेलेर खेल कट्छ समय
गरेर झेल कट्छ समय
यता वृद्ध, खाडीमा युवाको
निकाल्दै तेल कट्छ समय
बगाई भेल कट्छ समय ।

वसन्त अनुभव
घोराही, दाङ ।

पञ्चाङ्ग १३

क्यारेम पेल्नु भएछ
गोट्टी झँगेल्नु भएछ
आँखा तगडा हुनाले
बाहरू खेल्नु भएछ
समय झेल्नु भएछ ॥

गुणनिधि घिमिरे अमेरिका ।

पञ्चाङ्ग १४

बुढाहरूमा पनि जवानीको याद आएछ
बचपनको सबै कहानीको याद आएछ
खेलौं न कस्तो हुन्छ भन्न थाले यो उमेरमा
उमेर छैन भनेर परानी याद आएछ
मान्छेको मरेपछिको खरानी याद आए छ

बुढाहरूको सधैँ बसिबियालो खेल भयो
अब केही गर्न सकिन्न जीवन जेल भयो
घुँडा दुखेर कतै हिडडुल गर्न हुँदैन
यो बुढेसकाल त अब खुट्टाको नेल भयो
ठिक चलेको जीवन यो अहिले फेल भयो

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १५

हाम्रो सानै देखिको रङ्ग यो
मित्रता हाम्रो यही ढङ्ग यो
यति प्रगाढ कसैको छैन
यसरी नै जाग्छ उमङ्ग यो
हाम्रो चिनारी र तरङ्ग यो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १६

बुढेसकलमा बसिबियालो खेल हुन्छ होला
आँखा नदेख्दा पनि त्यहाँ फेरि जेल हुन्छ होला
शारीरिक मानसिक रूपबाट कमजोर भै
गोटि चाल्न पनि नजान्दा खेरी झेल हुन्छ होला
अन्त्यमा दुवै उस्तै भनी फेरि मेल हुन्छ होला ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १७

धेरै अचम्म हुन्छ यो रहर भन्ने कुरा
बितेको थाहै हुन्न यो पहर भन्ने कुरा
बुढेसकालमा पनि बचपनको बानी
मन मिले पक्का भयो ठहर भन्ने कुरा
बानी छोड्न गाह्रो छ यो लहर भन्ने कुरा ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १८

जीवन एक खेल रहेछ
सङ्घर्षको भेल रहेछ
बुढेसकालका दौतरी
बाच्न जाने मेल रहेछ
नत्र कोठा जेल रहेछ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १९

तन्नेरीको के हेर्नू खेल हेरौं बुढापाकाको
केही त शब्दहरू रच्दै केरौं बुढापाकाको
कुब्रो पर्दै एकातिर अर्कोतिर लठ्ठी टेक्दै
देशमा हुने ब्रजपात फेरौं बुढापाकाको
सेवा सत्कार माया जाल बेरौं बुढापाकाको ।
डिल्ली राज घिमिरे
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...