Thursday 25th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : अठहत्तरौँ भाग (७८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०१/२६
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : गरेको, चरेको, छरेको, झरेको, टरेको, तरेको, धरेको, परेको, भरेको, मरेको, सरेको आदि मिल्दो ।

स्थायी :- मिल्ने किसिमको ।

अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।

पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

खडेरीको पर्यो मौसम एक झर झरेको भए हुन्थ्यो
कुर्नलाई गाह्राे भयो खहरे भेल तरेको भए हुन्थ्यो
कामना त हुन्छ अनेकअनेक मान्छेहरूका मनामा
आधा भएका छचल्किने नै हुन् पूरा भरेको भए हुन्थ्यो
बाँड्ने भनेको बोली नै रहेछ वाणी छरेको भए हुन्थ्यो ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

चौतारीमा काम गरेको छ हेर
सबैको हृदय भरेको छ हेर
गाउँ घर सारा उज्यालो भएको
रविले किरण छरेको छ हेर
सबैलाई मन परेको छ हेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

लामो खडेरी छ एक झर पानी परेको छैन
झमक साँझ पर्यो अझै खोला तरेको छैन
के गर्नु मान्छेको जातलाई सधैं हतार मात्र
धेरै ढिला भयो एक गाग्री पानी भरेको छैन
यसपालि अहिलेसम्म नि काम गरेको छैन ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ४

आजभोलि त के भएको हो पानी बन्दै परेको छैन
असिनाको त कुरै नगरौं न फिटिक्कै झरेको छैन
हरे खेतीपाती लगाउन यहाँ हुने भयो समस्या
सदा लहलह हुन्थ्यो बीऊ यसपाली छरेको छैन
देवीको सराप परेर होकी खडेरी टरेको छैन ।

सरस्वती श्रेष्ठ इटहरी ।

पञ्चाङ्ग ५

चढ्न मात्र खोज्यौ सन्तुलनमा झरेको भए हुन्थ्यो
केही समय बिसाई सल्लाह गरेको भए हुन्थ्यो
दम्भ नै थियो धाकले,किन च्याम्टिइस् आफ्नै रागले
मरिच जस्तै ओइलाए पनि सरेको भए हुन्थ्यो
खुम्चियो, बिचरा हरितकण भरेको भए हुन्थ्यो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

जतै दुःखै गरेर खुवाउन परेको छ
अनिकाल परेर खुवाउन परेको छ
बाल बच्चाकालागि ठूलाले अनेकौं
माया जाल छरेर खुवाउन परेको छ
विश्व भरि चरेर खुवाउन परेको छ ।

भगवती दवाडी, झापा

पञ्चाङ्ग ७

आपसमा चिनाजानी गरेको पो राम्रो
चिनापराची गर्दा माया परेको पो राम्रो
आज यहाँ भए पनि भोलि कॅहा कहाँ
अन्त भन्दा डेरा यतै सरेको पो राम्रो
टाढा जाॅदा दुई थोपा झरेको पो राम्रो ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ८

लुकाएर गरेको काम छरेर गरेकै सर भयो
ढाकछोप गरेरे पनि पो डरेर मरेकै सर भयो
स्वतन्त्र भ्रष्टाचार गरी सबै मिलेर भरेको बेला
एक्कासि के अकास झरेर बज्र परेकै सरभयो
दिन बिग्रि दशा सरेर सर्बश्व हरेकै सर भयो !

बिबस पारदर्शी
झापा,

पञ्चाङ्ग ९

पारीपाखा गाई गोठ सरेको मै हुँ
पानी भर्ने निउँ गरि झरेको मै हुँ
आउनु है भेट्न मलाई बहाना गरी
अनेकौं जँघारहरु तरेको मै हुँ
तिम्रै लागि मायाप्रिती भरेको मै हुँ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १०

देश उकालो चढ्ला सोचेको झन ओरालो झरेको छ
निमुखा हेरिरहने बलियाले त मोजमस्ती गरेको छ
लोकतन्त्रमा त सबैले समान हक पाइन्छ भन्थे खै
तल पर्ने सधैं तलै, माथिको सधैं माथि नै परेको छ
कसले बुझ्ने माथिकोले किचिएर तलको मरेको छ ।
-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

असुली गर्दै लगाई दिने करमा खै किन हो
भेदभाव बढ्दै जाने यहाँ थरमा खै किन हो
गरी खानु छैन कतै जिन्दगीभर पिर यहाँ
लगाउँछन् लालचना बुध वरमा खै किन हो
न आई खाडी बोल्दैन चुलो घरमा खै किन हो।

डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग १२

जीवन के हो सोध्नलाई झरेको आफै
चकचकीले तिनछक्क परेको आफै
आज कि भोली भन्ने यो यस्तो जगतमा
प्रकृतिको लिला देखेर धरेको आफै
अझै छैन चुनेको बाटो भरेको आफै ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १३

को छ र कुन्नि यहाँ दुःखमा परेको देख्ने
जनताले आखाँमा आसु यो भरेको देख्ने
जो छन् सबै दलदास रहेछन् के भन्नु र,
को पो छ र बाँकी भ्रष्टाचार गरेको देख्ने
युवा शक्ति सबै परदेश सरेको देख्ने ।

रतन बिष्ट _ आलिताल, डडेल्धुरा


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...