Sunday 17th May 2026

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा घिमिरे


सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद न्यौपाने, दिपक प्रसाद उप्रेती, मछिन्द्र न्यौपाने, उमेश पराजुली रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद माधव सापकोटा (सुबोध)ले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै नीति नियम र विधानलाई अनुशरण गर्दै अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हकहित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।साथै सिन्धुपाल्चोकमा धेरै सम्भावनाहरू रहेका र तिनीहरूलाई पहिचान गरि विकासमा जोड्न समाजले काम गर्नु पर्ने सुझाब दिए ।

कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपानेले समाज गठन र यसका उद्देश्यका बारे प्रष्ट्याएका थिए ।त्यसैगरी साहित्यकार चन्द्र प्रसाद न्यौपाने तथा सामाजिक व्यक्तित्व तारा प्रसाद पौडेलले समाजलाई सहज रुपमा अगाडि बढाउन सबैलाई समेट्नु पर्ने बताए । बरिष्ठ पत्रकार तथा कान्तिपुरकर्मी ऋषिराम पौडेलले समाज जन्माउन सजिलो भए पनि काम गर्न कठिन हुने प्रति सचेत पार्दै गाउँगाउँ पुगेर सचेतना फैलाउने कामहरु गर्न सुझाब दिए ।

त्यसै गरी सुनकोशी क्याम्पस प्रमुख कृष्ण आचार्यले समाजलाई विद्यार्थीहरू सम्म सचेतना पुर्‍याउन सुझाब दिए । टुकी संघका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेलले सबै पक्षलाई समेट्न सुझाब दिए । कार्यक्रममा कानुन व्यवसायी रामहरि नेपालले कानुनी सहजताका लागी आफूले सहयोग गर्ने बताए । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजकी सदस्य कृति गोलेले महिला बेच बिखन र उद्धारमा कठिनाइका बारे आफ्नो अनुभव सुनाइन ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट कलाकार, साहित्यकार, पत्रकार, व्यवसायी समाजसेवी विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका र प्रवासबाट फर्केकाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका उपाध्यक्ष तथा भेला संयोजक माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई संस्थाका महासचिव उत्सव खड्का र सचिव हरि दुलालले संचालन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...