Friday 9th October 2026

रचनाः वृद्धको वेदना – बि. आर. उप्रेती


कठैबर बेसहारा बाँच्नु पर्ने जीवन
आँसु रोदनकासाथ बाँच्नुपर्ने जीवन
कहाँ को छन् र ? खोलुँ वेदनाका पोका
चाँडै नै खुलोस् टाढा जानुपर्ने ढोका

घर, जन्मभूमि अनि विश्व सारा
हुनुपर्ने रहेछ जगतभरीको हारा
आशा हुँदोरहेछ अशक्तताको बेला
तर निराश ! होईदोरहेछ सबैको हेलाँ

कठैबरा बेसहारा ……..

जुन जुन सहाराको ठुलो आशा थियो
त्यही त्यही सहाराले लोप्पा खुवाई दियो
यी आँखा भए संधै झम्के साँझ सरह
हृदयका आँशुका पोखरी आँखाबाट तरर

कठैबरा बेसहारा ……..

मन भरी टिलपिल भएका आँशुका पोखरी
खुला बहिरहन्छ घट्दैन आँशुका पोखरी
ओभाएनन् कहिले पनि यी आँखाका डिल
दु:ख र वेदनाले संधै दुख्छ यो दिल

कठैबरा बेसहारा ……..

बि. आर. उप्रेती
बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...