Tuesday 26th November 2024

पर्यटन क्षेत्रको विकासका लागि नेपालले इन्डोनेसियाबाट सिक्न पर्ने कुराहरु


दीपक आचार्य

काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई सघाउने काम आम समुदायको हो ।
इन्डोनेसियाको बालीबाट पाठ सिकेर नेपालले पनि धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने र मठमन्दिरको पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्न सक्दछ । बालीको सरकार र त्यहाँका आम समुदायले जस्तै धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण आम नेपाली लाग्ने हो भने पर्यटनमार्फत नेपाल समृद्धिको दिशामा जान सक्दछ । इन्डोनेसिया संसारकै सबैभन्दा बढी मुस्लिम जनङ्सख्या भएको देश भए पनि हिन्दु मठमन्दिर र संस्कृतिमार्फत पर्यटक भित्राउन सफल मुलुक हो । प्रायः धेरै हिन्दु भएको र धेरै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरू भएको नेपालमा भने ती क्षेत्रको संरक्षण र पर्यटन प्रवर्धनमा खासै ध्यान जान सकेको छैन । मुस्लिम देश इन्डोनेसियाबाट नेपालले पाठ सिकेर मठमन्दिर तथा सम्पदा स्थलहरूको संरक्षण र प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने बाटो लिनु पर्दछ । १५ सताब्दीसम्म हिन्दुहरूको बाहुल्यता भएको इन्डोनेसियामा मुस्लिमहरूसँग पराजित भएपछि त्यहाँका राजाले नै सबै नागरिकको धर्म परिवर्तन गरिदिने सहमति गरेर सत्ता जोगाएका थिए ।
धर्म छोडे पनि परम्परागत हिन्दु र बौद्ध संस्कृति अनि त्यहाँका धार्मीक सम्पदास्थलहरूको संरक्षण गर्न राज्य नै लाग्यो । त्यहाँका मानिसहरूको पनि उमा, सीता, राम, महेश, लक्ष्मी जस्ता नाम छन् भने धेरै जस्तो संस्थाहरूको नाम पनि संस्कृत भाषाबाट आएको पाइन्छ ।
प्रत्येक टोल र समुदायमा अनिवार्य रूपमा तीन वटा मन्दिर बनाउने काम त्यहाँका नागरिकले गर्दै आएका छन् ।

समुदाय नै मिलेर बिहानै फोहोर उठाउने र सफा गर्ने चलनका कारण त्यहाँका सहर सधैँ सफा देखिन्छन। देवीदेवताका मन्दिर र बुद्ध स्तुपाको संरक्षण गरेर पर्यटन प्रवर्धन गरेर विश्वका पर्यटक तान्ने काम गरेको इन्डोनेसियाबाट नेपालले धेरै कुरा सिक्नु आवश्यक छ । इन्डोनेसियाको अन्य सहरहरूमा रामायण र महाभारतकालीन मठमन्दिर र कला, संस्कृति देख्न त सकिन्छ तर बाली प्रदेशमा प्रवेश गरेपछि पूरै प्रदेश नै मन्दिर नै मन्दिरको सहर जस्तो लाग्छ । त्यहाँको सरकारले मठमन्दिरको संरक्षण र विस्तारको रणनीति त लिएकै छ आम नागरिकले पनि आफ्ना भौतिक संरचना बनाउँदा मन्दिर जस्तै प्यागोडा शैलीमा बनाउने गरेका छन् । प्रत्येक टोल र समुदायमा अनिवार्य रूपमा तीन वटा मन्दिर बनाउने काम त्यहाँका नागरिकले गर्दै आएका छन् ।समुदाय नै मिलेर बिहानै फोहोर उठाउने र सफा गर्ने चलनका कारण त्यहाँका सहर सधैँ सफा देखिन्छन् । बालीमा भएका दर्जनभन्दा बढी प्रसिद्ध थिएटरहरूमा पौराणिक नाटक र नृत्य हेर्नका लागि पर्यटकहरू खचाखच भरिएका हुन्छन् । बालीको राजधानी देन्पासरमा रहेको उमादेवी नृत्य केन्द्रमा देखाइएको रामायणका नृत्य हेर्दा स्वर्ग नै पुगेको जस्तो अनुभव हुन्छ । यही नृत्यले दर्शक बटुलिरहेको थियो । नृत्य केन्द्रको मञ्चमा शास्त्रीय शैलीको नृत्य गर्दै राम र सीताको प्रवेश हुदा नेपाल अनि भारतका पर्यटक निक्कै खुसी देखिन्थे।

“ती मन्दिरमा खाना खानुअघि दिनको तीन पटकसम्म पुजा गर्ने चलन छ । पुजा गर्दा नेपालको जस्तो अबिर केसरी चढाउने चलन त्यहाँ छैन ।नरिवलको पातबाट गाँसिएको टपरी र बोहोतामा फूल, खानेकुरा, चुरोट र पेय पदार्थ चढाउने गरिन्छ ।,,

इन्डोनेसियाको अनुमानित जनसङ्ख्या २६ करोड ८८ लाख ४९ हजार नौ सय ८४ छ । मुस्लिम बाहुल्यता रहेको इन्डोनेसियाको बाली प्रान्तमा भने ८५ प्रतिशत हिन्दु बसोबास गर्दछन् । हिन्दुको संस्कार, संस्कृति हेर्न विश्वभरका पर्यटक बाली पुग्छन् । उलुुवाटु मन्दिरमा पर्यटकको लावालस्कर देख्दा नेपालकै पशुपतिनाथ पुगे जस्तै हुदो रहेछ । त्यहाँ अविर, केसरी नचढाए पनि सिङ्गारिएका ढक्कीहरूमा फूल, फल र खानेकुरा राखेर मठमन्दिरमा चढाइँदो रहेछ । कछाड बाँधेर मन्दिर प्रवेश गर्दा झनै रमाइलो देखिन्थ्यो । उलुबाटुको अर्को विशेषता त्यहाँ देखाउने केचक नृत्य रहेछ । राम, सीता, हनुमानलगायतका पात्रको प्रस्तुतिले हाम्रो मन तान्यो । हरेक घर मन्दिर जस्तै अनि घर अगाडि मन्दिर र त्यो तल्लो भागमा मान्छेले धोती लगाए जस्तै कपडा बेरिएको दृष्य आनन्ददायक देखिन्छ ।
त्यसरी कपडा बेर्नेलाई सेरुङ भनिदो रहेछ ।

ती मन्दिरमा खाना खानुअघि दिनको तीन पटकसम्म पुजा गर्ने चलन छ । पुजा गर्दा नेपालको जस्तो अबिर केसरी चढाउने चलन त्यहाँ छैन ।
नरिवलको पातबाट गाँसिएको टपरी र बोहोतामा फूल, खानेकुरा, चुरोट र पेय पदार्थ चढाउने गरिन्छ । हरेक घर र होटलको अगाडि पनि त्यसैगरी सुन्दर तरिकाले सजाएर चढाएको देखिन्छ । यसले पनि पर्यटकलाई नयाँ अनुभूति गराइरहेको हुन्छ । ८० प्रतिशतभन्दा बढी हिन्दु भएका मठमन्दीर र संस्कृति हेर्नका लागि बालीमा मात्रै हरेक वर्ष ५० लाख पर्यटक पुग्ने गरेको पाइन्छ । बाली र सुग्रीवको देशमा त रामायणमार्फत पर्यटन प्रवर्धन गरिएको छ भने झन प्रमुख पात्र सीताको देश नेपालमा गर्न नसक्ने होइन । यसका लागि नेताहरूले जिम्मेवार बनेर लाग्नु पर्दछ र आम नागरिकले पनि सघाउनु पर्दछ । बालीका विभिन्न मन्दिरमध्ये उत्तर पश्चिममा रहेको तहन लोट मन्दिर पनि एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर समुद्र किनारमा रहेको चट्टानको ढिस्कोमा रहेको छ, जसको वरिपरि समुद्रले घेरेको छ ।

“नेपालको ललितपुरको गोदावरी कुण्ड जस्तै त्यहाँ पनि तीन वटा कुण्ड रहेछन्, यहाँको जस्तै भित्र र बाहिरको कुण्डहरूमा स्नान गर्नुको छुट्टाछुट्टै महत्व रहेछ । त्यहाँको जस्तै व्यवस्थित गर्न सके गोदावरीमा पनि धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ ।,,

अलिकति समुद्र तरेर यो मन्दिरमा गएर भगवान विष्णुको दर्शन गर्न सकिन्छ । १६ औँ शताव्दिमा बनेको यो मन्दिर निक्कै शक्ति भएको मन्दिरको रूपमा परिचित छ । मन्दिर छेउमै सुमुद्रको छालमा खेल्ने पर्यटक त्यहाँ प्रशस्त देखिन्छन् । त्यस्तै अर्को तिर्थस्थल ‘पूरा तिर्थ इम्पुल’ पनि प्रसिद्ध तिर्थस्थल हो । त्यहाँ रहेका तीन वटा कुण्डमा पालैपालो स्नान गरेर मठमन्दिरको दर्शन गर्ने चलन छ ।
यसलाई गोदावरी बागमति जस्तै पवित्र तिर्थस्थल भनिँदो रहेछ ।
नेपालको ललितपुरको गोदावरी कुण्ड जस्तै त्यहाँ पनि तीन वटा कुण्ड रहेछ, यहाँको जस्तै भित्र र बाहिरको कुण्डहरूमा स्नान गर्नुको छुट्टाछुट्टै महत्व रहेछ । त्यहाँको जस्तै व्यवस्थित गर्न सके गोदावरीमा पनि धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ । त्यहाँ दान पुण्य पात्र भनेर चन्दा बाकस राखेको देखेर नेपालकै कुनै मन्दिरमा भएको जस्तो प्राय धेरैलाई हुन्छ ।
त्यसबाहेक महाभारत, तिर्थगंगा, उलु वातु, विष्णु गरुडा, बातुबोलोन आदि धार्मिक महत्व स्थलहरू हुन् । यी स्थल विश्वका पर्यटकका लागि आकर्षण मात्र नभएर धार्मिक आश्थाका केन्द्र पनि हुन् ।
बालीमा हिन्दु परम्परा र संस्कृति झल्काउने नृत्य, मूर्तिकला, चित्रकला, पौराणिक सङ्गीतले पनि पर्यटकलाई लामो समय सहभागी गराउनलाई सघाइरहेको छ ।

“बालीमा जस्तै पर्यटक भित्राउन पाइयो भने हाम्रा होटल व्यवसाय, कृषि व्यवसाय र सानासाना उद्योग फस्टाउँछन् । युवाहरूले स्वेदशमै रोजगार प्राप्त गर्दछन् र नेपाल समृद्धिको दिशातर्फ लम्कन सक्छ ।,,

हामी नेपालीले कसैलाई भेट्ने बित्तिकै नमस्कार गरे जस्तै बालीका नागरिकले नमस्कार गर्दा दुई हात जोडेर मन्त्र ‘ओम स्वास्त्यास्तु ’ भन्ने गर्दछन् भने छुटिदा वा कार्यक्रम सकिएपछि ‘ओम शान्ति, शान्ति, शान्ति, ओम ’ भन्ने गर्दछन् । मुस्लिमहरूले समेत ‘ओम स्वास्त्यास्तु ’ भन्दा धार्मिक सहिष्णुता राम्रो भएको लाग्यो ।बालीका नागरिकले अतिथिलाई यसरी सत्कार र सद्भाव गरेर खुसी बनाउने भएकाले पनि पर्यटन प्रवर्धनमा सकारात्मक प्रभाव पारेको रहेछ । बालीका नागरिकहरूले प्राय गणेश र शिवको पुजा गरेको देखियो तर सबै देवीदेवतालाई गणेशकै रुपमा पुजा गरेको पनि देखियो ।

हजारौँ वर्ष पुराना केही मन्दिर भए पनि अधिकांश मन्दिर पछिल्लो समय सिमेन्टबाट बनेको देखिन्छ । हामीसँग समुद्र नभए पनि हिन्दुहरूका हजारौँ वर्ष पुराना मठमन्दिर, विश्वका हिन्दुहरूको आस्थाको केन्द्र पसुपतिनाथ, बुद्धको जन्मभूमि लुम्बिनी, सिताको जन्मस्थल जनकपूर, मुक्तिनाथ जस्ता हजारौँ मठमन्दिर र पवित्र तिर्थस्थलहरू छन् । हाम्रा अनगिन्ती हिमाल, पहाड, टाकुरा, खोला, झरना, ताल, आकर्षक उपत्यकाहरूले पर्यटक खोजिरहेका छन् । बालीबाट सिकेर हामिले पनि यिनै स्थलहरूको संरक्षण र प्रचार गरेर बिदेशी पर्यटक भित्राउन सक्दछौँ । बालीमा जस्तै पर्यटक भित्राउन पाइयो भने हाम्रा होटल व्यवसाय, कृषि व्यवसाय र सानासाना उद्योग फस्टाउँछन् । युवाहरूले स्वेदशमै रोजगार प्राप्त गर्दछन् र नेपाल समृद्धिको दिशातर्फ लम्कन सक्छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...