Friday 27th March 2026

सिरियाका राष्ट्रपति १२ बर्ष पछि अरब राष्ट्रको भ्रमणमा


सिरियाली राष्ट्रपति बसर अल-असदले जोर्डनका लागि साउदी अरबका राजदूत, नाइफ बिन बन्दर अल-सुदैरीबाट अर्को हप्ताको अरब शिखर सम्मेलनको निमन्त्रणा पाएका छन ।

असदले साउदी राजा सलमानबाट “मे १९ मा जेद्दामा हुने ३३औं अरब लिग शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा प्राप्त गरेका हुन । उनी अरब देशहरुसँग 2011 मा देशको युद्ध सुरु भएदेखि पहिलो पटक यस्तो निमन्त्रणा पाएर भाग लिन जादैछन । ।

असदले भने कि शिखर सम्मेलनले “अरब जनताको आकांक्षा पूरा गर्न संयुक्त अरब कार्यलाई बढावा दिनेछ, उनलाई सो निमन्त्रणा जोर्डनका लागि साउदी अरेबियाका राजदूत नाइफ बिन बन्दर अल-सुदैरीले मार्फत मिलेको थियो ।

आईतबारको एक छलफलबाट असद लाई निम्ता दिने फैसला सँगै बर्षौ अरब लिगबाट एक्लिएको सिरिया अब उनीहरुसँग पुन सम्बन्ध स्थापित गर्ने ठाउँमा पुगेको हो ।

प्यान-अरब निकायले नोभेम्बर 2011 मा दमास्कसलाई निलम्बन गरेको थियो । जुन विरोधमा भएको क्र्याकडाउनको कारण युद्धमा परिणत भएको थियो जसका कारण भडकिएको युद्धमा सिरियामा ५ लाख मानिसको मृत्यु भएको थियो । लाखौ विस्थापित भएका छन भने त्यहाँको विकाशका पूर्वाधार र उधोगहरु ध्वस्त भएका छन । सन् २०१० मा लिबियामा सम्पन्न अरब लिगको पछिल्लो शिखर सम्मेलनमा असद सहभागी भएका थिए ।

रियाद र दमास्कसले सिरिया र साउदी अरेबियामा एक दशकभन्दा बढी सम्बन्ध विच्छेदपछि आ-आफ्नो कूटनीतिक नियोगमा काम पुनः सुरु गर्ने घोषणा गरेको एक दिनपछि निमन्त्रणा आएको हो।

युद्ध सुरु भएदेखि नै असद यस क्षेत्रमा राजनीतिक रूपमा एक्लो भएका थिए, तर हालका हप्ताहरूमा कट्टर प्रतिद्वन्द्वी साउदी अरेबिया र इरानले दमास्कसको नजिकको सहयोगीले सम्बन्ध पुन: सुरु गर्ने निर्णय गरेपछि राजनीतिक परिदृश्यमा परिवर्तन आएको छ। ।

© २०२३ एएफपी


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...