Thursday 8th October 2026

बाबु मल्लको नेतृत्वमा नया समिति चयन गर्दै राष्ट्रिय पञ्चेबाजा समुहको दोश्रो अधिवेशन सम्पन्न


राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएकोछ । अधिवेशनले बाबुराम मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरि कार्यविभाजन समेत गरेको छ ।

नेपाली दूतावास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा, बाबु मल्ल ठकुरीको अध्यक्षतामा संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए भने उपस्थित सबैको मन्तव्यबाट पवन श्री परिवारले स्वागत गरेका थिए ।

अधिबेशनमा प्रमुख अथिति रेवन्त केसीले दिप प्रज्वलन गरेर औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको कामना गर्दै प्रमुख अथिति केसी, एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा कुवेत मै निधन भएका सस्थापक अध्यक्ष बिष्णु सुनारको नाममा मरोपरान्त सम्मान गरिएको थियो भने परिवारलाई आर्थिक सहयोग पनि गरिने जानकारी गराईएको थियो। आयोजकले बेला बेलामा पन्चे बाजा घन्काएर उपस्थित सबैलाई नचाएका थिए।।
दोस्रो अधिबेशनले बाबु मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतीले चयन गरेको छ।

निर्वाचित कार्य समितिको नामावली :
अध्यक्ष – बाबु मल्ल ठकुरी
उपाध्यक्ष – ललित बहादुर विश्वकर्म
महासचिव – दिलिप तामाङ
सचिव – मुक्त बि. क.
कोषाध्यक्ष – दिपक पोख्रेल
सह-कोषाध्यक्ष- निर्मल लामा
प्रमुख संयोजक – सुरेश सेञ्चुरी
सह-संयोजक – सुरेश परियार
सक्रिय सदस्य – मधु न्यौपाने
सक्रिय सदस्य – बसन्त परियार
सक्रिय सदस्य – गोबिन्द सुनाम
सक्रिय सदस्य – सरोज सेञ्चुरी
सक्रिय सदस्य – नर बाहादुर परियार
सक्रिय सदस्य – भोलानाथ पाण्डे
सक्रिय सदस्य – पवन श्री परियार
सक्रिय सदस्य – शंकर परियार
सक्रिय सदस्य – डण्डा पानी पाण्डे
सक्रिय सदस्य – राम थापा


सम्बन्धित शीर्षकहरु

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १०…

साउदी नेतृत्वको यमन गठबन्धनले रियादलाई लक्षित गरी गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा प्रयोग भएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणस्थल यमनको राजधानी सानामा ध्वस्त…

प्रतिकृयाहरू
...