Tuesday 9th June 2026

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गठन


कुवेतमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति गठन भएकाे छ।

वर्षाैंसम्म विभिन्न दलका नेताहरुलाई जितायौ तर पनि कहिल्यै जनताले खोजेको जस्तो देशले न निकास न बिकास पायो जहिल्यै कुर्सि र सत्ताको लडाईमा मात्रै सिमित राजनीतिक दलको दलदलका कारण बिकासका योजनामा चरम भ्रष्टाचार,दलिय स्वार्थमा एकआपसमा झैझगडा र जुवारी हेर्दाहेर्दै दिक्क भएका नेपाली जनतालाई तपाई हामी सचेत नागरिक आशाको दिपक बन्नुपर्छ भन्ने पवित्र उदेश्यका साथ गत स्थानिय चुनाव अघि मात्र निर्वाचन अायोगमा दर्ता भएर मुलधारको राष्ट्रिय पार्टी बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको कुवेत स्थित प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गठन भएकाे हो ।

रास्वपाले अबलम्बन गरेको मार्गमा संसारको जुनसुकै कुनामा भए पनि एकताबद्ध हुनुपर्छ भन्ने प्रेरणाले प्रोत्साहित भएर मरुभूमिको तातो बालुवामा पनि आफ्नो प्यारो जन्मभुमिको माया यथावत राख्दै मिति २८ अप्रिल २०२३ अर्थात (वैशाख १५/२०८०) शुक्रबारका दिन कुवेतको फिन्टास स्थित रमणिय पार्कमा राष्ट्रिय स्वतन्त्र पार्टी (प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत) गठन भएकाे हो।

रास्वपाको नवगठित प्रवास नेपाली सम्पर्क विभाग कुवेतको नयाँ कार्य समिति ९ सदस्यीय रहेको छ भने नवगठित कार्यसमितिको नामावली यस प्रकार रहेको छः

१, सभापति – युवराज बस्याल (पाल्पा)
२,उपसभापति – नबीन लोप्चन (चितवन)
३, महासचिब – जीवन कुमार बिक (चितवन)
४, कोषाध्यक्ष – गोबिन्द प्रसाद तिम्सीना (झापा)
५, प्रवक्ता – ईस्वर भण्डारी (सुनसरी)
६, सदस्य – दिनेस प्रसाद शाहा (सर्लाही)
७, सदस्य – अंकित गैरे – (म्याग्दी)
८, सदस्य – एम डि मोहराम अलि (सप्तरी)
९, सदस्य – उमा घिमिरे (सुनसरी)

नयाँ कार्य समिति चयन गर्नु अघि पुष्कर धामीको संयोजकत्वमा २४ जना साधारण सदस्यहरूको उपस्थितिमा नयाँ कार्य समिति चयन भएको हो ।

उपस्थित सदस्यहरूको नामावली यस प्रकार रहेको थियोः

१) पुस्कर धामि – र्दाचूला
२) युवराज बस्याल – पाल्पा
३) छविलाल सुवेदी – रुपन्देही
४) गोबिन्द प्रसाद तिम्सीना – झापा
५) ईस्वर भण्डारी – सुनसरी
६) दिनेस प्रसाद शाहा – सर्लाही
७) बिकास पराजुली – सिन्धुपाल्चोक
८) नवीन लोपचन तामाङ – चितवन
९) जीवन कुमार बिक – चितवन
१०) महेन्द्र कुमार राई – सुनसरी
११) प्रर्दिप कार्की – सिन्धुपाल्चोक
१२) कुमार तामाङ् – चितवन
१३) एम डि मोहराम अलि – सप्तरी
१४) कर्म लामा – सिन्धुपाल्चोक
१५) सन्तोस बस्याल – पाल्पा
१६) तिलक सुनार – कन्चनपुर
१७) कृष्ण बहादुर मुखिया – गुल्मी
१८) अंकित गैरे – म्याग्दी
१९) मंजीत गैरे – म्याग्दी
२०) बिजय सारु मगर – चितवन
२१) राजन सुवेदी – सुनसरी
२२) उमा घिमिरे – सुनसरी
२३) टिकाराम बस्याल – मोरङ
२४) यज्ञ प्रसाद न्यौपाने – पाल्पा


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...