Wednesday 8th April 2026

नेपाल र कुवेतको एसीसी प्रिमियर कप सेमिफाइनल:आज


तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ।

यो उपाधि जितेमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। तर समूहको अन्तिम खेलमा कतारसँग फितलो ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुने देखिन्छ। नेपाल पछिल्ला ९ वटा खेलमा अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...