Monday 13th April 2026

असम्भव जस्तै मानिएको खेलमा नेपाल ले कतार लाई हरायो


नेपालमा भईरहेको एषियन कप क्रिकेट छनौट खेलमा आज असम्भव जस्तै मानिएको खेल पनि नेपाल ले जितेको छ । नेपालका सवै व्याटसम्यानहरु कतारी बलरका सामुन्ने फिका र कमजोर भई रहदा अन्तिम तिर पारी समाल्न आएका बलर सन्दिप लामिछानेले नेपालको स्कोर उठाएर कतार लाई १५७ को लक्ष्य प्रस्तुत गरेका थिए । उनले प्रतियोगितामा सवै भन्दा धेरै ४२ रन जोडेर अभिजित रहदा नेपालको वीकेट समाप्त भएको थियो । नेपाली व्याट्सम्यानहरु सवै यति कमजोर देखिए की कसैले पनि अर्धसतक खेल्न सकेनन । नेपाल ले मात्र ४० दशमलब ३ ओभरमा अल आउट हुन परर्यो ।

दोश्रो पारी मा कतार व्याटिंगमा उत्रियो तर उसलाई पनि नेपाली बलरहरुले जमेर खेल्न दिएनन । उनीहरुले मात्र २५ दशमलब १ ओभर खेल्दा सवै वीकेट गुमाउन पुगे । बलिंग र व्याटिंग दुवै मा आज सन्दिपको खेल उत्कृष्ट रहयो र उनकै जोडबलमा नेपाल ले खेल जित्यो । उनले आठ ओभर चार बल खेल्दै १४ रन दिएर पाँच वीकेट चटकाएका थिए ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...