Monday 26th January 2026

असम्भव जस्तै मानिएको खेलमा नेपाल ले कतार लाई हरायो


नेपालमा भईरहेको एषियन कप क्रिकेट छनौट खेलमा आज असम्भव जस्तै मानिएको खेल पनि नेपाल ले जितेको छ । नेपालका सवै व्याटसम्यानहरु कतारी बलरका सामुन्ने फिका र कमजोर भई रहदा अन्तिम तिर पारी समाल्न आएका बलर सन्दिप लामिछानेले नेपालको स्कोर उठाएर कतार लाई १५७ को लक्ष्य प्रस्तुत गरेका थिए । उनले प्रतियोगितामा सवै भन्दा धेरै ४२ रन जोडेर अभिजित रहदा नेपालको वीकेट समाप्त भएको थियो । नेपाली व्याट्सम्यानहरु सवै यति कमजोर देखिए की कसैले पनि अर्धसतक खेल्न सकेनन । नेपाल ले मात्र ४० दशमलब ३ ओभरमा अल आउट हुन परर्यो ।

दोश्रो पारी मा कतार व्याटिंगमा उत्रियो तर उसलाई पनि नेपाली बलरहरुले जमेर खेल्न दिएनन । उनीहरुले मात्र २५ दशमलब १ ओभर खेल्दा सवै वीकेट गुमाउन पुगे । बलिंग र व्याटिंग दुवै मा आज सन्दिपको खेल उत्कृष्ट रहयो र उनकै जोडबलमा नेपाल ले खेल जित्यो । उनले आठ ओभर चार बल खेल्दै १४ रन दिएर पाँच वीकेट चटकाएका थिए ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...