Friday 9th October 2026

कथा सङ्ग्रह लाेकार्पण


नारायण कोइराला – कथाकार विष्णु भण्डारी आचार्यकाे कथासङ्ग्रह `उघ्रिएकाे आकाश´ २०८० वैशाख दुई गते इटहरी साहित्यिक समूहकाे ब्यानरमा समूह अध्यक्ष हेमन्त गाैतमकाे अध्यक्षता डा.रमेश घिमिरे ज्यूकाे आतिथ्यमा भब्य रुपमा सम्पन्न भएकाे छ।

कार्यक्रममा अतिथि झाेराहाट नाटकघरका अध्यक्ष भरत गुरागाइँ वर्वरिकले विष्णु भण्डारी आचार्यका कथाहरु उत्कृष्ट रहेकाे बताउदै चाडै यूटुव वाचन तथा नाटकिय रुपमा आफूले अघि सार्ने बताउनु भयाे ।

समिक्षक माेहन तिम्सिनाले सामाजिक विकृति विसङ्गतिबाट कथाले एक कदम अगाडि हिडाएकाे बताउनुभयाे भने अर्का समिक्षक प्रा.डा.माेहन तुम्बाहाङले विष्णु भण्डारीकाे लेखन स्थानिय स्तर नभएर राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमै उठ्न सक्ने बताउदै उहाँकाे साहित्यिक महानता चिन्न पाएकाेमा खुसी प्रकट तथा उत्तराेत्तर प्रगतिकाे कामना समेत गर्नुभयाे ।

कार्यक्रममा वरिष्ट कवि छवि घिमिरे ,कथाकार रिता ताम्राकार, डियरकल्याण अध्यक्ष विनाेद घिमिरे ,लघुकथाकार निरज काेइराला उमा सिजापती,साहित्यकार राम खरेल ,रेखा सुवेदी ,हरि वराल ,दीपा मग्राती,लगायत बिराटनगर ,झापा ,माेरङ ,धनकुटा ,इटहरी,बराहक्षेत्र लगायतका स्थानबाट पाँच दर्जन बढी विशिष्ट साहित्यकारहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...