Monday 26th January 2026

रसुवामा माओवादी र एकीकृत समाजवादी नेता कार्यकर्ता प्राय सबै एमालेमा प्रवेश


९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे ।

नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम समयमा भागेका लामा शनिबार भने एमाले प्रवेशका लागि आफैँ एमाले मुख्यालय पुगेका थिए । उनी कांग्रेस बन्नुअघि जनता समाजवादी पार्टी त्यसअघि नयाँ शक्ति र त्यसभन्दा पनि अघि नेकपा माओवादी केन्द्रमा रहेका थिए ।

रसुवामा माओवादी र एकीकृत समाजवादी नेता कार्यकर्ता प्राय सबै एमालेमा प्रवेश गरेका छन । प्रेम अहिले एमाले प्रवेश गरेको भए पनि चुनावसम्म एमालेमै टिक्छन कि टिक्दैनन भन्नेमा एमालेकै नेताहरूले शंका व्यक्त गरेका छन । यद्यपी उनलाई उधारो टिकटमा सहमति गरिएको पनि कतिपय नेताले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...