Monday 26th January 2026

विराटनगरमा गोली चल्यो तीन प्रहरी घाईते


पहिचानबादी आन्दोलनको क्रममा विराटनगरमा आज गोली चलेको छ । तर प्रहरीले अश्रुग्यास प्रहार गरेको गोली नचलाएको बताएको छ । आन्दोलनकारीले भने प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको भन्दै तीन जना प्रहरी घाईते भएको जनाएको छ ।

अहिले पनि विराटनगरको अवस्था तनावग्रस्त रहेको र दोहरो भिडन्त चलिरहेको समाचार छ । पहिचानवादी आन्दोलनमा मारिएका स्व युवा लाजेहांग को आज मोरंगको बेलबारीमा दाहासस्कार गरिएको थियो । र बेलावारीमा समेत झडप भएको समाचार छ । हालसम्म प्रहरीले दर्जनौ सेल अश्रुग्यास आन्दोलनकारी माथि प्रहार गरिरहेको छ भने आन्दोलनकारीले पनि ढुंगामुडा गरिरहेका छन ।

प्रदेशको नामाकरण कोशी राखिएको विरोधमा क्षेत्र नम्बर एक विगत लामो समयदेखि आन्दोलनरत छ । प्राप्त पछिल्लो समाचार अनुसार बेलबारीमा दाहासँस्कार गर्ने भनिए पनि आन्दोलनकारी ले मृतकको शव विराटनगर ल्याउने भए पछि तनाव शुरु भएको हो ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...