Monday 26th January 2026

यौनसम्पर्कलाई लिएर झगडा -ईनारमा हाम फालेकी श्रीमति लाई बचाए र हत्या गरे


भारतको छत्तिसगढ राज्यमा एक अनौठो घटना को समाचार आएको छ जस अनुसार झगडा को कारण यौन सम्र्पक गर्न श्रीमति ले नमानेको हो । रिपोर्टका अनुसार यी दुईबीच शारीरिक सम्बन्धलाई लिएर झगडा भएको थियो । श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । तर श्रीमान मानेनन् । त्यसपछि महिलाले इनारमा हाम फालिन् । केही समयपछि श्रीमानले महिलालाई इनारबाट निकालेर हत्या गरे ।

घटना छत्तीसगढको जशपुर जिल्लाको हो। इन्डिया टुडेमा प्रकाशित रिपोर्टका अनुसार शंकर राम र उनकी श्रीमती आशा बाईले अप्रिल १० को राती मदिरा सेवन गरेका थिए । त्यसपछि दुवै सुत्न गए । पछि शंकरले आफ्नी श्रीमतीलाई शारीरिक सम्बन्ध राख्न भने । जसमा आशाले अस्वीकार गरिन् र दुवैबीच विवाद भयो । दुबैको झगडा यति बढ्यो कि आशाले नजिकैको इनारमा हाम फालिन् । यसैबीच शंकर पनि पछाडिबाट इनारमा हाम फाले ।

शव नजिकै बसेका अभियुक्त
केही समयपछि शंकरले श्रीमतीलाई इनारबाट निकाले । त्यसपछि दुवैबीच फेरि विवाद भयो । शंकरले आशाको गोप्य भागमा आक्रमण गरी हत्या गरे । रिपोर्टका अनुसार उनी रातभर आफ्नी श्रीमतीको शव छेउमा बसेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर प्रहरीले शंकरलाई पक्राउ गरेको थियो ।

यसअघि गत जनवरीमा छत्तीसगढको बिलासपुर जिल्लामा १८ वर्षीय युवकले आफ्नी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले शवलाई पाँच टुक्रा पारेर पानीको ट्याङ्कीमा फालिदिए । घटनामा कारबाही गर्दा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार आरोपी युवकलाई आफ्नी श्रीमतीको अरु कसैसँग अफेयर रहेको आशंका थियो । त्यसैले उनले श्रीमतीको हत्या गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...