Sunday 17th May 2026

अथकको अस्तित्व लोकार्पण


नारायण कोइराला – पाल्पा साहित्य समाजको २९ आै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान संग्रह अस्तित्व लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको मूल पाहुना प्रमुख अतिथि पाल्पा जिल्लाका जिल्ला समन्वय समितिका सभापति टंकनाथ खनाल हुनुहुन्थ्यो ।

“अस्तित्व प्रकाशनले पाल्पाको साहित्यको इतिहासमा एउटा नौलो इटा थपिएको छ । कृतिले ऐतिहासिक पाल्पाको अस्तित्व उजागर गरेको छ । अथकले इतिहासलाई साहित्यको माध्यमले अात्ध्यात्मिकरण गरी बस्तुनिष्ठ तरिकाले प्रस्तुत गर्नु भएको छ ” भनी प्रमुख अतिथि खनालले बताउनु भयो । अथकद्वारा लिखित अस्तित्वमाथि समीक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका उप प्राध्यापक पुष्कर अाचार्यले ,”अाख्यानले साच्चै सेनकालीन पाल्पाको अस्तित्व खोजेको छ । शुन्य अध्यायबाट शुरू भएको अस्तित्व अात्मोध्यायमा टुंगिएको छ । विचका ३१ वटा अध्यायमा कथाहरू अात्ध्यात्मिक शैलीमा बहेकन छन् ।लेखनमा नवीनपन छन्। पूर्वजहरूमा समर्पित कृतिमा जन्मभूमिको अस्तित्व ख‍‍‍ोजिएको छ ।” भनी बताउनु भयो । कार्यक्रममा बुद्धिजीवी एवं लेखक निर्मल श्रेष्ठद्ारा इतिहासको कुरा उठान गर्दै गोविन्द नेपालद्वारा पाल्पा साहित्य समाज र लेखक पुष्कर अथक रेग्मीको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरिएको थियोे ।

अस्तित्वको तिसौं अध्यायमा रहेको लोकगीत सुमधुर अावाजमा कलाकार विष्णु पन्थद्वारा गाईएको थियो । गीतले राजा पृथ्वीपाल सेनकी रानी परमेश्वरीको दर्दभरि कहानी प्रस्तुत गरेको थियोे । साहित्यकार पत्रकार गुणवती केसीले शुभकामना मन्तव्य संगै अस्तित्व भित्र रहेका गीतहरूलाई गायन गरि कार्यक्रमलाई रोचक बनाउनुका साथै पाठकलाई अाकर्षण गर्नुभएको थियोे ।

लेखक पुष्कर अथक रेग्मीले,”कोरोनाकालमा जम्मा १० दिन लगाएर आख्यान लेखिएको हो । आख्यानलाई अात्ध्यात्मिककरण गरिएको छ । इतिहासको अध्ययन गरि लेखिएकोले काल्पनिकता छैन् । अस्तित्व एक पटक सबैले पढिदिनुहोला र क्रियाप्रतिक्रिया व्यक्त गर्नुहोला । समाजको कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद छ ” भन्नुभयो ।

बि. सं २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले पाल्पामा नियमित र बैधानिक रूपमा साहित्यिक गतिविधि संचालन गर्दै अाएको छ ।पाल्पा साहित्य समाजले विभिन्न पुस्तक प्रकाशन गर्दै अाएको छ । पुष्कर अथक रेग्मीको तेइसौ कृति अस्तित्व पनि पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति हो ।अस्तित्व सेनकालीन इतिहासलाई अाख्यानीकरण गरि लेखिएको कृति हो । अथकद्वारा लिखित कृतिमा सेनकालीन इतिहास र मानवीय क्रियाकलापलाई देवतवकरण गरिएको छ । अस्तित्वमा अथक स्वयं र राजा मणिमुकुन्द सेनको स्वरूप मानिदै अाईएको चक्रशिलाबिच सम्वाद भएको कथालाई एकतिस अध्यायमा विभक्त गरि लेखिएको छ । कृति पठनीय र उदाहरणीय रहेको छ।अस्तित्व अथकको तेइसौं प्रकाशित कृति हो ।

“इतिहास लेखनमा कहिल्यै पुर्णथा हुदैन । ईतिहासका अस्पष्टताहरू स्पष्ट हसदै जानुपर्छ ” भनी पासासका संरक्षक राजेन्द्र गोपाल सिहले बताउनुभयो । कार्यक्रम कोषाध्यक्ष पुरूषोत्तम अर्यालक‍ो स्वागत , सचिव सविता भट्टराईको संचालन र राजेन्द्रगोपाल सिहको अध्यक्षतामा पाल्पा उधोग बाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको थियोे ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...