Sunday 17th May 2026

चित्रमा पञ्चाङ्ग, भाग – ५८


चित्रमा पञ्चाङ्ग
===========
भाग: ५८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१२/१६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
—————–
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
——————
सविता के.सी.
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्ताउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

जन्मिएका आजका दिन राम भगवान
राम नवमीको दिन नै धाम भगवान
केही नगरी केही पाइन्न भन्थे भन्नेले
रामका भक्त गर्छन् यता काम भगवान
मायामा के टिपेर खाने खाम भगवान ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग १

हेर तिनका बुढाबुढी माया गरी बसेका छन्
केलाई कुरा आपसको हृदयेश कसेका छ्न्
मानबोधक हरायो यिनै मझौला जगत झैँ
लाइन उस्तै आँगनमा लिखी जुम्रा खसेका छन्
माया गर्दै आपसमा जंगल तिर पसेका छन् ।

समयानुकूल परिवेशको आदरमा हार्दिक नमन
सृष्टि देखाउने यी जन्मदाता फादरमा हार्दिक नमन
जीवन यापनका रङ्गहरू भुल्न नसक्ने मौनता खोजी
सभ्य समाजको दियालो लोभी कादरमा हार्दिक नमन
अदभूत यिनै सरस्वतीको सादरमा हार्दिक नमन ।

डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग ३

बाँदरले सहयोग गर्न हात लगाउने रहेछ
जुम्रा हेर्दाहेर्दै गजबको माया जगाउने रहेछ
एकछिन हेर्दै जानुस के के गर्छन तिनीहरुले
मनमा बसेको सबै खुलदुली भगाउने रहेछ
माया बसेपछि बिछोडमा आँसु बगाउने रहेछ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

प्रकृतिले माया निस्वार्थ सिकाएको छ
माया नै मायाले संसार टिकाएको छ
यहाँ सर्वश्रेष्ठ भनिने मान्छेले बरु
मायालाई त बजारमा बिकाएको छ
मायाको गलत पो अर्थ सिकाएको छ ।

-खोटाङ्ग

पञ्चाङ्ग ५

कस्तो मिलेका बाँदरका जात हेर
एक अर्कोमा थमाएका हात हेर
जनावर पनि कति मिलेर बस्छन्
जङ्गलमा सङ्गै काटेका रात हेर
आफ्नै भाषामा ती गर्दैछन् बात हेर ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ६

चोखो माया खोज्न कॅही जानु पर्दैन
सॅङ्गै ज्युने मर्ने बाचा खानु पर्दैन
मन मिलेपछि अरू के पो चाहियो
पञ्चेबाजा बजाएर लानु पर्दैन
ओत लाग्ने खाले कुनै छानु पर्दैन ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ७

कुरै नबुझी हो हो गर्छ
नपत्याए जाँचौं को गर्छ
गफ दिने धेरै सुनियो
न त्यो गर्छ न त यो गर्छ
जे गर्छ मायाले पो गर्छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ८

एपनि व्यवहार मान्छेको जनाएको छ
एक अर्कामा गहिरो नछुट्ने सम्बन्ध बनाएको छ
यिनिहरुलाई हेरेर आफ्नो हर्कतलाई बदल्नु
किनकी तिम्रो व्यबहार संसार भरी गनाएको छ
फोहोरी खेलको राजा भनी सम्पुर्णमा जनाएको छ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६ संखुवासभा

पञ्चाङ्ग ९

दुई प्रेमी रमेका छिन्
चौर माथि बसेका छन्
एकान्त प्रेमी नै त हुन्
जंगलमा जमेका छन्
रुख माथि चढेका छन् ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १०

प्रिया धेरै समय भक्कानो फुटेर आयो
छुट्न सकिएन यो जिन्दगी जुटेर आयो
हृदय देखिको मायाले सम्झाइरहन्छ
जोडिन कै लागि सम्झना नै छुटेर आयो
प्याराले भन्थ्यौ अब प्रतिक्षा खुटेर आयो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११

मानौ मनको जुन घाम हराएको छ
शायद यहाँ शुभ साम हराएको छ
मानवता बरु जनावरमा देखियो,
कलियुगमा बरु राम हराएको छ
धर्म हरायो चार धाम हराएको छ ।

रतन बिष्ट _ आलिताल , डडेल्धुरा

पञ्चाङ्ग १२

आमा र बाबा राम सम्झेर
आफ्नै धरती धाम सम्झेर
हट्नेछ सबै दु:ख वेदना
हनुमानको नाम सम्झेर
मिलिजुलीको काम सम्झेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १३

त्यही हुन्छ साथी माया गर्दै आउँछ
सरेर नजिक दया भर्दै आउँछ
बुझेर होस् वा नबुझेर आपसमा
तनमन मुटुसम्म सर्दै आउँछ
पिरतिको खोलानाला तर्दै आउँछ ।

होम प्रसाद
धरान,सुनसरी ।

पञ्चाङ्ग १४

राम नवमीको दिन माया बढाएको दशक
याद दिलायो मनमा लंका डढाएको दशक
हनुमानका स्वरुप हुन यिनि ज्ञानका ज्ञाता
राम दुत बनेर जीवन चढाएको दशक
बाँदर भएरै तत्त्वज्ञान पढाएको दशक ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १५

जनावरमा नि माया प्रेम कस्तो हेर
मानवीय प्राणीमा भएको जस्तो हेर
खुला मैदानमा भला कुसारी गरेर
यिनीले प्रेमलाई मानेको सस्तो हेर
तिक्षण बुद्धिको विकास छ यस्तो हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १६

कति पक्का हुन्छ हेर मेलमिलाप हाम्रो सदैव
सहयोगी मनले सदा चिताउँछ राम्रो सदैव
हावापानीमा कहिले जतासुकै डुलेर भुलेर
कामको उपयोगी जस्तै डोको बुन्ने काम्रो सदैव
सिरेटोले हाने लुक्दै पातमा बन्दै दाम्रो सदैव
जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १७

पशु नै भए पनि सभ्य देखिन्छन्
निस्वार्थ माया इतिहास लेखिन्छन्
यहि मायामा अडेको छ संसार
अधुरो आत्मीयता सबै मेटिन्छन्
स्वार्थ भएमा यहाँ सबौ सेकिन्छन् ।

दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...