Wednesday 2nd September 2026

जन-जागृति युवा समाजद्वारा नेपालका विपन्न क्यान्सर पीडितहरूलाइ आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो ।

जन-जागृति युवा समाजका सदस्यहरूमार्फत विपन्न अवस्थाका पीडितहरूलाइ जो सकेको सहयोग गर्न अनुरोध भइ आएपछि जन-जागृति युवा समाजको कोष तथा सदस्यहरूबाट स्वस्फुर्त रूपमा संकलन गरि जम्मा भएको रकम सहयोग गरिएको हो ।

स्याङ्जाकी बिष्णुमाया क्यान्सर पीडित भइ उपचार गराइरहेको अबस्थामा उपचारार्थ सहयोग होस भनि कुवेती दिनार १०९ केडी सहयोग गरिएको थियो जुन रकम संस्थाका उपाध्यक्ष जिवन सुनार तथा सचिव सन्तोष सुनारले पीडितको घरमै गइ सहयोग हस्तान्तरण गरेका थिए । त्यसै गरि ओखलढंगाका विपन्न अबस्थाका बालक आरडियल तामाङको घुँडामा हड्डीको क्यान्सर भइ खुट्टा नै काट्नुपर्ने अबस्था अाएकोमा निजको उपचारार्थ सहयोग होस भनि समाजको तर्फबाट पीडितको आमाको नाममा ५२ केडी सहयोग पठाएको हो ।

स्मरण रहोस, जन-जागृति युवा समाज कुवेतले स्थापनाकालदेखि नै जनचेतना, राहतउद्दार तथा मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...