Tuesday 4th August 2026

इमान्दार दूरदर्शी युवाको पहिचान गर्न सुरु गरौं


अम्बरीश पोख्रेल

तीतोपाटी- कति लुब्धो रहेछ, पद र पैशाको निम्ति छिन् छिनमा इमान जमान विचार समेत बेचेको, छोडेको वा अर्को समुहमा प्रवेश गरेको समेत औपचारिक घोषणा गर्न सक्ने ?

२. यस्ता मानिसहरू अझ जसले युवा बताउने गर्छ आफूले आफैलाई ।खासमा तिनीहरू कम उमेरका मात्र हुन ! काम गराईमा उही घिसेपिटे छन् । यस्ता स्वघोषित युवा देखि होसियार हुनुपर्छ नेपाली जनता । यस्ता मानिस देशको कुनै विशेष पदमा पुगे भने जुनसुकै बेला पनि देश र जनतालाई भयानक दुर्घटना पार्न सक्ने हुन्छन् ।

३. देशकै मुहार फेर्न सक्ने क्षमता र साधन स्रोत भएको संस्थाको प्रमुख समेत बनाएर जिम्मेवारी दिइएको व्यक्तिले मैले अवसर पाइन् भन्दै सस्तो लोकप्रियताको राग अलापी हिड्नुमा अन्य कुनियतको शंका गर्न सकिन्छ। उसको मिशनमा शंका छ । मिशन देशका बिरुद्द परिचालित छ भनेर बुझ्न पनि सकिन्छ ।

४. यो प्रकारका मान्छेहरूको जग जगी सुरु हुँदै छ नेपालमा । धार्मिक दङ्गा जातीय लडाई र युक्रेनी द्वन्द नेपालमा नजिक नजिक छ । तर कुनै सपुत समयमै अगाडि आएन भने यस्ता मान्छेहरुले नेपालमा तबाही बाहेक केही दिने होइनन् ।

५. आफ्नो जन्मभुमि प्रती गद्दारी गर्न सक्ने र आफ्नो क्षेत्रमा मौका पाउँदा समेत इमान्दारिता तथा दूरदर्शिता देखाउन नसकेका मानिस जुन सुकै उमेर वा समुहका भए पनि तिनीहरूलाई समाजका अगुवा बनाउनु हुँदैन । कवार्ड नेता, समुह तथा पार्टीको बहिष्कृत गर्न सुरु गरौं । देशभक्त, इमान्दार र दूरदर्शिता भएका युवाहरुलाई अगाडि बढ्न र बढाउन मद्दत गरौं ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...