Friday 9th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४७ औं स्वतन्त्र कव्य गोष्ठी भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४७ औं स्वतन्त्र कव्य गोष्ठी मिति २०७९ साल चैत्र १५ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा दाहालले मन्तव्य दिंदै कवितामा धर्म सन्देश नराख्दा राम्रो हुन्छ भन्नु हॅुंदै चन्द्रागिरिको १४७ श्रृङ्खलामा सहभागी हुन पाउॅदा खुशी व्यक्त गर्नु भयो ।

विशिष्ठ अतिथि बम बहादुर थापाले चन्द्रागिरिको कार्यक्रममा कुनै न कुनै विशेष दिन परेकै हुन्छ । विधागत कार्यक्रमले स्रष्टालाई सबै विधामा कलम चलाउन मद्दत पुग्छ भन्नु भयो ।गंगा लिगलले यो सस्थाले एक हप्ता पनि नछोडेर अवछिन्न् निरन्तर अगाडि बढेर १४७ श्रृङ्ला सम्म पुगेको छ अझ प्रगतिको कामना गर्दछु भन्नु भयो ।

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गोष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस सुधा बास्कोटा ढकाल,उर्मिला पन्त,चुडा निर्भिक,लक्ष्मी प्रसाद मिश्र,सन्जना भवुक,अनुराधा थापा,घनश्याम पौडेल,उत्तम भेटवाल, झविकला घिमिरे,सुरेश घिमिरे,शारदा आचार्य,सीता बिष्ट कार्की,उमा ओडारी,यज्ञलाल सुवेदी,टेक बहादुर लौडारी,सिर्जना खनाल,हरि प्रसाद घिमिरे,बिनु बाबा घिमिरे,उत्तम विपस्वि,संगलगायत २२ जना सर्जकहरुले अा-अाफ्ना विशेष रचना सुनाउनु भयो

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा संगित भरेर गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै अतिथिकलानिधि दाहाल विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...