तोयानाथ उपेक्षित, दाहाल
घण्टी लाई कांग्रेस, एमाले, माओवादी वा अरु कोही सँग दाँजेर तुलना गर्ने बेला भएकै छैन तर यहाँ त उही डयांग मा फलेको बारिको विग्रेको मुला भन्न शुरु भईसकेको छ । यो कुप्रचार नेपालको राजनैतिक मैदानको शैली नै हो यसमा त्यति हतास हुन जरुरी छैन । जसले जति सुकै कुतर्क गरे पनि रवि लाई अहिले नै ललकार्ने काम कुनै सचेत मतदाताले गर्ने छैनन । परिक्ष दिनबाट रोकेर त फेल भईस भनिन्छ भने त्यसमा भन्नु केही छैन ।
रबिको एउटा सटिक टिप्पणी बुझ्ने लाई ईशरा नै काफी भने जस्तै छ । उनले भनेका छन म खुट्टामा विझेका काडाँ झिक्न निहुरिएको हु तर झुकेको छैन । रबि ले स्वीकार गरेको कुरा के हो भने आफ्नो देशमा फर्के पछि पाएको नागरिकता थियो त्यागेको भए पो पुन लिनु ? उनको यो अनभिज्ञता सामान्य थियो तर कानूनको नजरमा अक्षम्य भयो र प्राप्त गरेको सांसद, मन्त्री र सभापति को पद नै गुम्यो । दोश्रो उनले नागरिकता पुन कायम गर्न जसरी चुके त्यसरी नै उही पुरानो नागरिकताबाट पासर्पोट लिएर थप गल्ती गरे । उनको एउटा गल्तीबाट सृजित दोश्रो गल्ती झन ठुलो घातक बन्यो । उनले संकेत गरेको काँडा नै त्यही हो ।
रबि को जस्तो गल्ती गर्ने हजार छन तर अदालतले उनलाई मात्र पहिलो निशाना बनायो त्यसमा पनि उनको लोकप्रियता चुलिएको बेलामा । अझ त्यो लोकप्रियताले पावर प्राप्त भएको अवस्थामा । यो भविश्य पर्यन्त बहसको विषय बन्ने छ भने फैसला माथिको नियतले राज्य संयन्त्र र बाह्य शक्ति कानूनको छिद्रमा कसरी खेल्छन भन्ने देखिएको छ । अझ मुल कुरा त राज्य सत्तामा टिकिरहने राजनिती दाउपेच गर्नेहरु का लागि भन्दा अधिक चासो र सरोकारको विषय का रुपमा अदालतले यसलाई किन फास्टट्रयाकमा फैसला गरर्यो भन्ने हो । प्रचण्ड वा देउवाको आदेश निर्देषमा अदालत यसरी दौडिएको थियो की त्यो स्वयत्त सँस्था भनिएको सर्वोच्च अदालत बाह्य शक्ति केन्द्रको ईच्छा लागु गर्ने गरि मुलुक बाहिरबाट नियन्त्रित र सञ्चालित हुदैछ भन्ने हो ? खैर अहिले यो विषयलाई यहि रोकौ , चितवनमा हावाहुरी आएको थियोर ? जित नारायणको दावी यस्तो रहेछ । अब म जित्छु उनी भन्दैछन । एमाले ले सत्ता गठबन्धनमा रबिको पार्टी रहेको अवस्थामा सघाउने जस्तो मनस्थिती बनाएको थियो तर अहिले उ पनि उमेद्धारी दिदैछ । अरु झिनामसिना च्याखे दाउ लगाउनेको कुरा नगरौ ।
रबि ले चुनाव जितेर के गल्ति गरे ? यसको जवाफ कसैसँग छ ? सरकारमा बसेर के अपराध गरे ? ३२ दिनमा उनले गरेका निर्णयहरु ऐतिहासिक थिएननर ? अझै लामो समय त्यहाँ रहन पाएका भए थप के के गर्ने थिए भन्नेमा कसले आशा गरेको थिएनर ? प्रचण्डले राजनितीमा बेश्याबृति गरे होलान तर रबि त जहाँको त्यही छन । उनले पद गुमाए पनि आफ्नो दलले गरेको निर्णयमा अस्थिरता देखाएका छैनन ।
राष्ट्रपतिमा पक्षधरता देखाएको भन्नेमा केहीको गुनासो छ । किनकी रविका मतदाताहरु नै एमाले र कांग्रेसका परम्परागत मतदाता भएकाले उनको दल को समर्थन जता भए पनि एकथरीले गाली गर्ने र मतदाता लाई खिन्न पार्ने खेल भईरहने कुरा स्वभाविक छ । तर जित नारायण कांग्रेस वा माओवादीले उनलाई गाली गर्ने कुनै आधार छैन । केन्द्रमा कांग्रेसको राट्रपति बनाउन र माओवादीको प्रधानमन्त्री टिकाउन मा रविको सहयोग नै छ बरु एमाले ले उनलाई गाली गर्न सुहाउँछ तर एमाले तुलनात्मक रुपमा उनीप्रति नरम नै देखिन्छ । एक हिसावले भन्ने हो भने रबिले पासर्पोट मुद्धा रोक्न उनले राजनैतिक सौद्धाबाजी गरेकै हुन जुन बाध्यता परिस्थितीले सृजना गरिदियो ।
पासर्पोट रबिको सिरानी माथि झुण्डयाएको तरबार थियो । त्यो उनको सुझबुझपूर्ण निर्णयबाट अहिले भुत्ते भएको छ । तत्काल खसि हाल्ने अवस्था टरेको छ । यदि आवेग मा उनले निर्णय गर्थे भने उनलाई पुन यो राज्यसत्ताले फसाई दिने कुरामा कुनै दुविधा कोही नपरे हुन्छ । उनले यो बेला हठ देखाउन भन्ने धेरै ले चाहान्थे र उनलाई सुरयाउने कोशिष पनि गरे । उनले त्यसो गर्थे भने जनताको सेन्टीमेन्ट क्यास गर्न सक्थे र जनमत अझै बढन पनि सक्थ्यो तर उनी नै नभएको पार्टी को भविश्य कस्तो हुने थियो होला । उनी अर्को रेशम चौधरी हुन चाहेनन । मुल नेतृत्वको राजनैतिक केरियर नै डयामेज गरे पछि भरखर खोलिएको र रबि भनेर नै उर्लिएको समर्थन, आम आशा र भरोसा टिकाउन लगभग असम्भव हुने कुरा उनले बुझेको मान्न पर्दछ । उनको पार्टीको केन्द्रिय तहमा उनी नरहे पछि धेरै खेलहरु हुने थिए जसले एउटा आशाको दियो निभ्न सक्थ्यो । यो बुझेर नै रबिले काँडा निकाल्न निहुरिए यो यसो गर्नु कुनै गल्ती थिएन । बरु विवेक पुरयाएका हुन । उनको यहि विवेकले आगामी आम निर्वाचनमा सकरात्मक परिणाम दिन्छ भनेर विश्वास गर्न सकिन्छ । रवि उत्ताउलो बनुन, आवेशात्मक निर्णयमा पुगुन , आफ्ना समर्थक लाई विद्रोहात्क सन्देश दिउन र मुलुक मा अस्तव्यस्त अवस्था सृजनाहोस भन्ने खेल उनले बेलैमा बुझे र त्यसो हुन दिएनन । के रविले यसो गर्दा उनी गद्धार भए ? के उनले संयमतापूर्वक लिएका निर्णयहरु राष्ट्रघाति भए ? कसरी व्याख्या गर्दैछन लालबुझकड युट्युवमा छाउने सेढाई र पुन्यहरु । तिनका तर्कहरुले अहिलेका जनताले धारणा बनाउने छैनन ।
अब रबि थप बलिया भएका छन । देशका बिषय विज्ञहरु समेत उनको पार्टीमा जोडिन थालेका छन । रबिलाई चितवनले हराउने कुनै कारण छैन बरु उनीमाथि भएका षडयन्त्र र धोकाधाडीहरु का विरुद्ध विगतको भन्दा धेरै मत दिएर ढाडस दिन पर्दछ । एक पद खोसेका थिए अब तनहु र बारामा पनि जिताएर पठाउन पर्दछ । रबि आशाका किरण हुन । घण्टी विहानीको सन्देश हो ।