Saturday 20th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सत्तरीऔँ भाग (७०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/११/१६
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : रहन, सहन, गहन, दलहन, बहन, रहन, आदि ।
स्थायी :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ । तर सबै हरफमा बराबर अक्षर हुनुपर्छ ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

उर्लेका छन् छालहरू कहन मन छ
छालसँगै निरन्तर बहन मन छ
मनले चाहेर मात्र होला चाह पूरा ?
दिए पीडा क्रमैसँग सहन मन छ
दुई मन एक भई रहन मन छ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

जीवन सजिलो कहाँ छ र सहन सिक्नुपर्ने
हरेक कुरा नबोलिकनै रहन सिक्नुपर्ने
यस्तै रहेछ भन्दै चित्त बुझाउने बानी पर्यो
समुन्द्री छालसँग जस्तै नै बहन सिक्नुपर्ने
अनेक विचारमा तरिका गहन सिक्नुपर्ने ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ३

संगतले रहन सहन बदलिन्छ
जिम्मेवारि दायित्व बहन बदलिन्छ
जुन सुकै छेत्रमा इमान्दारि हुनु हो
बिद्वान संगतले गहन बदलिन्छ
चाहनामा स्वाद दलहन बदलिन्छ ।

म प्र धि

पञ्चाङ्ग ४

नारीले अनेक वेदना सहन पर्ने यो के होला
जहिले पनि आगोमा दहन पर्ने यो के होला
एक दिन होइन दुई दिन होइन जीवन् भर
अविरल नदी बहे झै बहन पर्ने यो के होला
दुःख पीडा माइती गई कहन पर्ने यो के होला।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५

कैयन चोटहरू यहाँ सहन सक्नुपर्छ
जिन्दगीमा एक भएर रहन सक्नुपर्छ
हरेक पाइलामा ठेस बाकि छ प्यास मात्रै,
मनका बेदना जहिल्यै कहन सक्नुपर्छ
जिन्दगीको सगर चुम्न वहन सक्नुपर्छ ।

रतन बिष्ट _ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ६

गन्तव्य कता हो कुन्नि रहन सरेर जाँदैछ
पक्षपात कति धेर सहन मरेर जाँदैछ
जीवन कहाँ सुरु भयो र अन्त्य कहाँ हुने हो?
आजभोलि क्षमताको गहन टरेर जाँदैछ
खोइ किन सौगातको दहन हरेर जाँदैछ ।

अच्युत घिमिरे-भुटानबा

पञ्चाङ्ग ७

जीवनका दु:ख कष्ट सहन गर्नु
अतिचार काम सारा दहन गर्नु
असल मानिस बनेर बाँच्नलाई
जेष्ठको झैँ जिम्मेवारी बहन गर्नु
सबैको भलो विचार गहन गर्नु ।

टीकाराम जोशी, इमाडोल ।

पञ्चाङ्ग ८

साहित्य लेखनमा रुचि हुँदा हरेक कुरा दहन सक्नुपर्छ
परिवारमा काम कर्तव्य अधिकार सबै बहन सक्नुपर्छ
आफ्नो संस्कारमा धर्मको रक्षामा जुटेर अगाडि बढ्दै जाँदा
कार्यालयको काम सन्तानको सह्यारमा सहन सक्नुपर्छ
सिर्जना गर्न धेरै पुस्तकको अध्ययनमा रहन सक्नुपर्छ ।

भगवती दवाडी, झापा

पञ्चाङ्ग ९

सोच गहन गर्नुछ
काम बहन गर्नुछ
गाउँ सहर सुन्दर
सौम्य रहन गर्नुछ ‌
पीडा सहन गर्नुछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

जीउ भन्दा ठूलो पद बोक्छ जिम्मेवारी वहन छैन
घाँटी भने जोडेको छ जीउ एकै ठाउँ रहन छैन
हेर ! नेताले राजनीतिलाई फोहोरी खेल बनायो
मुखमा जे आयो प्याच्च बोलिदियो बोली गहन छैन
अर्काले जवाफ क्या सजिलै फर्काउछ सहन छैन।

पशपती राई
-खोटाङ ।

पञ्चाङ्ग ११
समाजमा सहअस्तित्व अनि सद्भाव रहन सके
पीर मर्कामा पनि हर वातावरण सहन सके
सबैतिर प्रेमिल सम्बन्ध अत्यन्तै सुन्दर बन्नेछ
सबैको मनमा परोपकारी भावना बहन सके
दु:खद बेला हलुका हुन्छ साथीलाई कहन सके ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

सोच र विचार गहन गर्नुपर्छ
दु:ख पिडा दिए सहन गर्नुपर्छ
रिस र ईष्र्या कहिल्यै नगरौं हामी
प्राप्त जिम्मेवारी बहन गर्नुपर्छ
कुबिचारलाई दहन गर्नुपर्छ।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...