Wednesday 24th April 2024

चित्रमा पञ्चाङ्ग, भाग-५३


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/११/११
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिपन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्रको पनि अब भाउ लाग्यो
यस्ताका भागमा पनि मुख्यमन्त्री कस्ले दियो होला? दाउ लाग्यो
नेता भनेका यस्तै भुस्कट हुन्छन् र पो देश विग्रेको रहेछ
नजानेका कुरा नबुझि लेख्दा आमाको कोखमाथि पाउ लाग्यो
प्रजातन्त्र कहिले हो थाहा नहुने, इतिहासमा घाउ लाग्यो ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

प्रजातन्त्र आयो र आस बचायो ‌
देश र जनताको सास बचायो
गाउँदेखि सहरसम्म खुसीले
सोझा र निमुखाको गास बचायो
सारा आर्तहरूको बास बचायो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

प्रजातन्त्र दिवस मनायो सरकार
व्यवहार मा भने गन्हायो सरकार
बाेल्न खुला भो कमाइ न्युन हुदै गो
नेताहरुले राम्रो भनायो सरकार
निमुखा मान्छे नै जनायो सरकार ।

म प्र धि

पञ्चाङ्ग ४

लेख्दा ख्याल नपुर्याएर मर्म नै हरेर सक्यौ
सहिद दिवसको मितिमा भ्रम छरेर सक्यौ
चाहा के हो र थाहा के हो कुनै मूल्यांकन छैन
सद्भाव राख्नुको सट्टा नहुँदो नै गरेर सक्यौ
कस्तो खाले पि ए राख्यौ यस्तै भर परेर सक्यौ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

मिति नहेरी दियो शुभकामना
गल्ती लेखेर खियो शुभकामना
लेख्ने सही गर्ने दुबै बराबर
लाजले फिर्ता लियो शुभकामना
रक्सी सम्झेर पियो शुभकामना ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ६

प्रजातन्त्र कहाँ कसरी आयो थाहा छैन
तर जनताले यहाँ के पायो थाहा छैन
देश दिनानुदिन अन्यौलतातिर गयो
पराइले चै गिद्धे दृष्टि लायो थाहा छैन
राष्ट्रको ढुकुटी नेताले खायो थाहा छैन ।

रतन बिष्ट _आलिताल , डडेल्धुरा

पञ्चाङ्ग ७

सहिदको सपना पूरा गर्न सकेनौ किन
वलिदानको कदर पर्न सकेनौ किन
आजसम्म सहिदका आँसुले पिरोलेको छ
देशको लागि सपनामा मर्न सकेनौ किन
सरकार झुटो लडाइ झर्न सकेनौ किन ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग ८

खुशियाली मनाएर के गर्नु
कुर्सी पाएर पाएर के गर्नु
देशलाई झन्झन् गिराएकाछन्
झूठा कसम खाएर के गर्नु
मनमुटुमा छाएर के गर्नु ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

तिम्रो आफ्नै लागि मात्रै प्रजातन्त्र आयो हेर
आ-आफ्नो चम्चाले नै जागीर पनि पायो हेर
हालीमुहाली आफ्नै मात्रै भयो यो प्रजातन्त्रमा
वरिपरि सबै आफ्नो आफ्नै गीत गायो हेर
आफू आफै मिलि यो प्रजातन्त्र नै खायो हेर !

-पशप्पती राई खोटाङ ।

पन्चाङ्ग १०

यो देशमा ठूलो मान्छेले त जे गरेनी हुन्छ क्यारे
सानातिना गनिन्दैनन् है त्यसै मरेनी हुन्छ क्यारे
जति गल्ती भएपनी कहिल्यै दोष लाग्ने होइन
जाने तलैतिरै हो एकैचोटि झरेनी हुन्छ क्यारे
भिड्ने अरु नै हुन् नसक्ने जति सरेनि हुन्छ क्यारे ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ११

बहत्तर बर्ष अगाडि प्रजातन्त्र आयो हेर
प्रजातन्त्र आएर कसले यहाँ के पायो हेर
खोइ त गरिबको बस्तीमा आएको प्रजातन्त्र?
यसलाई त बाघ र सिंह मिलेर खायो हेर
खोला, नाला, धारा, पँधेरा गीत मात्र गायो हेर ।।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...