Friday 2nd October 2026

युट्युव ट्रेन्डिङको शीर्ष स्थान ‘छक्का पञ्जा ४’ को ट्रेलर


यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको छ ।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ । ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोह समेत बुनिएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

-रातोपाटी

 

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...