Saturday 10th October 2026

गुणनिधि घिमिरेका महालक्ष्मी छन्दमा टुक्काहरू


महालक्ष्मी छन्दमा टुक्का लेखन प्रयास

भ्यागुतो उफ्रियो तालमा
बग्न नै लाग्छ लौ छालमा

पौडिने उत्रिने चालमा
पर्छ है मर्छ है जालमा

सुन्दरी छेउमा हेर्दछिन्
सुस्तरी बस्त्र नै फेर्दछिन्

तालका माझमा पौडिई
पुग्दछिन् छेउमा दौडिई

भ्यागुतो हातमा लिँदछिन्
पातमा माकुरा दिँदछिन्

भ्यागुतो खाँदथ्यो माकुरा
फर्किई हेर्दथ्यो पाखुरा

आउँछिन् फर्किई छेउमा
राख्दछिन् भ्यागुतो लेउमा

फर्किई सुन्दरी ठाउँमा
बस्दिछन् मस्त भै गाउँमा

भ्यागुतो सुन्दरी व्याङका
पोखरी भित्रका ड्याङका

राज्यका नीतिका के कुरा
मस्त छन् पोखरीमै सुरा

कुर्सिका होडमा चल्दछन्
बृद्ध नै हेर के गल्दछन्

पौरखी पाखुरा भाग्दछन्
दिन्दिनै बाहिरै लाग्दछन्

गुणनिधि घिमिरे
सूर्यविनायक


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...