Thursday 28th March 2024

जब युवाहरु सपनाको गाठो बोकेर खाडी आए अनी हेपिए


बसन्त थापा, कुवेत

सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन।

विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने रेमिट्यान्सलाई निकै महत्वपूर्ण रूपमा लिएको छ। तर नेपालमै रहेर आफुलाई वरिष्ठेको ट्याग भिरेकाहरुले खाडीमा श्रम गर्नेहरुलाई कुन्नी के ठानेका हुन्छन र यसरी बोलेका हुन्छन। सिंगो खाडीमा रहेका नेपालीहरुको रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा केही फरक नपर्ने बरु उनै युवाहरुले सरकारलाई दोषको भारी बोकाएर आफुखूसी विदेश गएको भन्छन त्यो मात्र होइन नामै किटान गरी खाडी गएका युवाहरुले केबल आफ्नो जानपरिवारलाई मात्रै फाइदा भएको ती परिवारले रंगीनका साथ जिवनयापन गरेको सम्म भन्न भ्याउन्छन। मैले यसलाई मिथ्या आरोपको रूपमा लिएको छु र ती व्यक्तिप्रति दयाभाव संगै विचारा भन्न चाहान्छु। उनको त्यो अन्तरवार्तामा बोलिएको शब्दले मध्यपूर्वमा कार्यरत लाखौ युवाहरूको मनै अमिलो बनाइदिएको छ। म ती वरिष्ठेलाई खाडीबाट यही अनुरोध गर्न चाहान्छु कृपया एकपटक हामी युवाहरुले पठाएको अर्थतन्त्रमा के कती आमदानी सरकारलाई प्राप्त भएको छ गहिरीएर अध्यान गरी आउने दिनहरुमा यसरी खाडीका युवाहरुको देश प्रति केही योगदान नरहेको जसरी हामीहरुको अपमान नगरियोस नगर्न अनुरोध गर्दछु।

हो हामी बुझ्न सक्छौ यो दिगो बाटो होइन।बाहिरको आम्दानीले हामीलाई लामो समय टिकाउन सक्दैन । घर देश भन्दा परदेश बसेका हामीलाई धेरै डर लागेको हुन्छ हाम्रो देश पनी श्रीलंका जस्तो बन्ने पो होकी भनेर। यो सब कुरा गर्दै गर्दा ती वरिष्ठे पत्रकारलाई म यही भन्न चाहान्छु यदी नेपालमा रेमिट्यान्स आउन बन्द भयो भने देशको अर्थतन्त्र धरासायी हुन्छ । श्रीलंका जस्तो बन्न थोरै समय पनि लाग्दैन । नेपाल जहाँ उभिएको छ। त्यसको मुखमा अगाध खाडलमा खस्ने सम्भावना प्रबल छ। यती बुझी राख्नु होला।

तपाइले खाडीमा काम गर्ने नेपालीलाई जसरी बुझ्नु भएको छ नी त्यो गलत बुझाइले समग्र खाडीमा कार्यरत लाखौ नेपालीको मन दुखेको छ तपाई प्रति आक्रोस बढेर आएको छ।
खाडीका देशहरुमा अलिकति पनी कुनै किसिमको समस्या आयो भने नेपाललाई प्रत्यक्षरूपमा असर पर्नेछ हेका रहोस।यस्तो अवस्थामा नेपालको अवस्था कल्पना गर्न नसकिने हुनेछ । रेमिट्यान्स रोकियो भने नेपाल आर्थिक रूपमा पूर्णरूपमा ध्वस्त हुनेछ ।

हुन सक्ला रेमिट्यान्स आउनु राम्रो कुरा भए पनि त्यसमा भर पर्नु चाही हुदैन त्यसरी बोल्न सकिन्छ। तर जानी जानी कुनै पनी परदेशीएका युवाहरुको अपमान गर्ने अधिकार भने तपाइलाई छैन।

मध्यपुर्व खाडीका यी देशहरूमा, लाखौं नेपालीहरु बस्छन् र काम गर्छन् र यसले नेपाललाई आफ्नो विदेशी मुद्राको ठूलो हिस्साको रूपमा लीन सकिन्छ। यी देशहरूमा काम गर्ने नेपालीहरुले सबैभन्दा धेरै पैसा नेपाल पठाउन्छन।

बिगतलाई हेर्नेहो भने सन् २०२० को पहिलो लहर देखी २०२१ मा कोरोना संक्रमणको दोस्रो पीडादायी लहरको बीचमा विदेशमा रहेका नेपालीहरूले नेपालमा स्वास्थ्य सेवालाई सुदृढ पार्न धेरै ठुलो योगदान दिएका छन।देशभित्र हुने कुनै पनी किसिमको संकटमा खाडीमा कार्यरत नेपालीले कुनै कसुर बाकी राखेका छैनन। र पनी खाडीमै रहेका युवा माथी प्रहार किन? के खाडी आउनु अपराध हो? नत्र यसरी नभनियोस जस्ले गर्दा खाडीमा कार्यरत युवाहरुलाई आहत पुग्न जान्छ। विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्समार्फत ठूलो परिमाणमा विदेशी मुद्रा नेपालमा पठाउनु सानो कुरा होइन। उहाँ जस्ता व्यक्तित्वले यसलाई पनी मनन गरून। विदेशमा रहेका नेपालीहरु विश्वसामु नेपालको चम्किलो अनुहार बनेका छन। यससँगै नेपाली श्रमिकहरु विश्व मञ्चमा नेपालको हितका पक्षधर पनि हुन् । पछिल्लो समयमा मध्यपुर्वमा मात्र हेर्ने हो भने नेपालीहरुको उच्च उपलब्धि दिन प्रतिदिन बढ्दै गएको देखीन्छ।

सबैको भनेजस्तो छ त खाडी?
खाडी आएजती सबैको काम राम्रो नहोला
अधिकांश देशमा नेपाली युवाहरुको आर्थिक अवस्था राम्रो छैन । लाखौं दक्ष र अदक्ष नेपाली कामदारहरू, विशेष गरी विभिन्न खाडी देशहरूमा, न्यूनतम पारिश्रमिक र यहाँको जीवनको लागि आवश्यक उचित सुविधाहरू नपाएको पक्कै हो। बोल्ने नै हो भने युवाहरु खाडी जादै गर्दा बिचौलियाबाट विभिन्न किसिमले ठगिएका छन हो त्यहा बोल्नुहोस।नेपाल सरकारले विभिन्न विकसित र विकासोन्मुख देशहरूमा युवाहरुमा केही कठिनाइ कम गर्न पनि मद्दत गर्नुपर्नेछ त्यहा बोल्नुहोस। नेपाली कामदारहरूलाई बेईमान बिचौलिया र शोषणकारी रोजगारदाताहरूबाट जोगाउन वैदेशिक रोजगारीका प्रक्रियाहरूलाई सरल र पारदर्शी बनाउनमा जोड दिन पनी अति अवश्य छ त्यहा बोल्नुहोस।

आशा छ बिगतमा जसरी वैध ढंगले नेपाल पैसा पठाएर अर्थतन्त्रलाई सहयोग गरेका छन, त्यसैगरी भविष्यमा पनि देशका लागी आर्थिक सहयोगका साथसाथै विभिन्न आवश्यकताका लागि नेपाली प्रवासीहरू न्यानो साझेदारका रूपमा हरबखत खडा रहनेछन भन्नेमा अझ बिस्वास छ साथै नेपाली युवाहरुले आफ्नो ज्ञान र सीपको शक्तिले नेपालको अर्थतन्त्र र नेपाली समाजलाई अगाडी बढाउन अमूल्य योगदान दीरहेका छन दीइरहने छन।

 


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...