Sunday 18th October 2026

सोनाम ल्होछार कार्यक्रमका लागि कलाकार विश्व दोङ ३१ तारिक बिहान कुवेत आइपुग्ने


दिलकुमार पाख्रीन/२८ जनवरी कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएका छन् । गायक दोङ युइए र बहराइनले क्रमशः २२ र २७ जनवरीमा आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३ फेब्रुअरीमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गर्ने सोनाम ल्होछार कार्यक्रममा आमन्त्रित अतिथी कलाकारको रूपमा कुवेत आउन लागेका हुन् । उनको आगमनलाइ भव्यताका साथ स्वागत गर्नका लागि ३१ तारिक बिहान ठिक ११ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिनुहुन कुवेतमा रहेका विभिन्न संघ संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै नेपालिहरुलाइ आयोजक कमिटिले अनुरोध गरेको छ।

गायन, संगीतकार एरेन्जर समेत गरेर नेपालमा सेलो बेसमा अत्यन्तै ब्यस्त रहेका गायक दोङ यसपालिको ल्होछारमा पनि सधैं जस्तै निक्कै ब्यस्त रहेको छ। कुवेतमा ल्होछार कार्यक्रम सकेपश्चात भोलिपल्टको कार्यक्रमका लागि सोही दिन उनी नेपाल प्रस्थान गर्नेछन । उनको ४ फेब्रुअरीमा धादिङमा कार्यक्रम रहेको छ।

पछिल्लो समयमा युट्युब, टिकटक लगाएतका सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका मया भन्दा ठूलो जात होइन मलाइ त त्यस्तो लाग्दैन, मायाले बाँधौँ तिमी र म, समाजले केही गर्न सक्दैन।, कहाँ पर्‍यो घर ज्यान मैच्याङ चिनजान गरौंन जस्ता दर्जनौं गीतका गायक दोङको कुवेत भ्रमण यो नै पहिलो हो। यश पहिले सयौं जना नेपाली कलाकारजरुले कुवेतमा प्रस्तुती दिइसकेका छन। मतलव यहाँका दर्शकहरुले लगभग सबै जसो कलाकारहरुको प्रस्तुती चाखी सकेका छन। तर कुवेतका दर्शकहरुले उनलाइ चाहिँ कति रुचाउने हो त्यो हेर्न भने बाँकी छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...