Thursday 1st October 2026

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण-२३ सदस्यीय मन्त्रिपरिषद्


२३ सदस्यीय मन्त्रिपरिषद् : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

तीतोपाटी डटकम-नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।

कसले कुन मन्त्रालयकाे जिम्मेवारी पाए ?

थप भएका मन्त्रीहरुमा राप्रपाबाट राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन् ।

नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएको छ । यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले नियुक्त भएकी छन् ।

जनमत पार्टीका अब्दुल खान वन मन्त्री भएका छन्।

प्रधानमन्त्रीमा प्रचण्डले शपथ लिएकै दिन माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना मन्त्री बनेका थिए ।एमालेबाट विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।एमालेबाट दामोदर भण्डारी पनि यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् ।

साभार-नेपाल प्रेस


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...