Tuesday 6th October 2026

अल मुजैनी एक्सचेन्जबाट नेपाल रेमिट्यान्स पठाउँदा ३ जना नेपालीले जित नगद पुरस्कार


कुवेत – अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग – २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन ।

यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले अल मुजैनी एक्सचेन्जको सर्त पूरा गरी नेपाल पैसा पठाउँदा प्रतिव्यक्ति नगद रु २० हजार जितेका छन् ।

अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतका विभिन्न शाखाहरुबाट नेपाल पैसा पठाउँदा नेपाली दस लाख बढी पुरस्कार जित्न सकिने छ । अल मुजैनी एक्सचेन्जले नोभेम्बर १७, २०२२ देखि फेब्रुवरी १६, २०२३ सम्म लागु हुने गरी नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूका लागि नमस्ते नेपाल महोत्सव प्रमोसन भाग-२ संचालन गरेको हो । मुजैनीबाट पैसा पठाउदा पुरस्कारको लागि कुनै पनि कुपन भर्न पर्ने छैन ।

अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा हरेक हप्तामा ४ जना विजेताहरु हुनेछन । प्रति विजेताले ने. रु. २० हजार वा ५० कुवेती दिनार प्राप्त गर्ने छन । हरेक महिना ने. रु. एक लाख वा कुवेती २५० दिनार एक जना विजेताले प्राप्त गर्ने छन ।

नमस्ते नेपाल महोत्सव प्रमोसन भाग-२ अन्तर्गत साप्ताहिक विजेता संख्या – ५२ जना हुने छन भने ३ जना मेघा पुरस्कार सहित कुल विजेता ५५ जना हुनेछन । तपाईहरु पनि अल मुजैनी एक्सचेन्ज मार्तफ पैसा नेपाल पठाएर धेरै पुरस्कार जित्न सक्नु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...