Tuesday 27th October 2026

अल मुजैनी एक्सचेन्जबाट नेपाल रेमिट्यान्स पठाउँदा ३ जना नेपालीले जित नगद पुरस्कार


कुवेत – अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग – २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन ।

यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले अल मुजैनी एक्सचेन्जको सर्त पूरा गरी नेपाल पैसा पठाउँदा प्रतिव्यक्ति नगद रु २० हजार जितेका छन् ।

अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतका विभिन्न शाखाहरुबाट नेपाल पैसा पठाउँदा नेपाली दस लाख बढी पुरस्कार जित्न सकिने छ । अल मुजैनी एक्सचेन्जले नोभेम्बर १७, २०२२ देखि फेब्रुवरी १६, २०२३ सम्म लागु हुने गरी नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूका लागि नमस्ते नेपाल महोत्सव प्रमोसन भाग-२ संचालन गरेको हो । मुजैनीबाट पैसा पठाउदा पुरस्कारको लागि कुनै पनि कुपन भर्न पर्ने छैन ।

अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा हरेक हप्तामा ४ जना विजेताहरु हुनेछन । प्रति विजेताले ने. रु. २० हजार वा ५० कुवेती दिनार प्राप्त गर्ने छन । हरेक महिना ने. रु. एक लाख वा कुवेती २५० दिनार एक जना विजेताले प्राप्त गर्ने छन ।

नमस्ते नेपाल महोत्सव प्रमोसन भाग-२ अन्तर्गत साप्ताहिक विजेता संख्या – ५२ जना हुने छन भने ३ जना मेघा पुरस्कार सहित कुल विजेता ५५ जना हुनेछन । तपाईहरु पनि अल मुजैनी एक्सचेन्ज मार्तफ पैसा नेपाल पठाएर धेरै पुरस्कार जित्न सक्नु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...