Sunday 18th October 2026

‘मुन्द्रेको कमेडी क्लब’ शुरु हुदै, नयाँ अध्यक्ष प्रियंका कार्की


अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।

यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो ।

दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् ।

‘नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक देखिनेछ,’ स्रोतले भन्यो । ५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्नेछ । जितु नेपालको फिचर फिल्म ‘ह्यारीकी प्यारी’ रिलिजको तयारीमा छ । प्रियंकाको फिल्म ‘चि मुसी चि’ समेत प्रदर्शन तयारीमा छ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...