Monday 19th October 2026

NRNA-NCC कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ मा हुने अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा


“शिरमा राखेर देश खेलकुदबाट सन्देश” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।

अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताका लागि अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ। १० टिमको दर्ता भएर टाइसिट पनि सार्वजनिक भइसकेको उक्त प्रतियोगितामा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कर्म गर्दै बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति हुने संयोजक ठकुरीले बताएका छन।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानवीय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र उक्त प्रतियोगितामा नेपाली राजदुतावास कुवेत परिवार र गैर आवासीय नेपाली संघ कुवेत परिवार बिच मैत्रीपुर्ण र रोमान्चक खेल समाबेश भएको NRNA NCC कुवेतका प्रवक्ता केशर घलान तामाङले जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...