Monday 5th October 2026

NRNA-NCC कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ मा हुने अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा


“शिरमा राखेर देश खेलकुदबाट सन्देश” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।

अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताका लागि अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ। १० टिमको दर्ता भएर टाइसिट पनि सार्वजनिक भइसकेको उक्त प्रतियोगितामा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कर्म गर्दै बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति हुने संयोजक ठकुरीले बताएका छन।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानवीय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र उक्त प्रतियोगितामा नेपाली राजदुतावास कुवेत परिवार र गैर आवासीय नेपाली संघ कुवेत परिवार बिच मैत्रीपुर्ण र रोमान्चक खेल समाबेश भएको NRNA NCC कुवेतका प्रवक्ता केशर घलान तामाङले जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...