Wednesday 8th April 2026

सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने


कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ ।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने संस्थाका अध्यक्ष बरालले जानकारी गराएका छन् ।

उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध गर्दै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम:-
१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-
तय नभएको खोजीमा

मिति :-
मार्च ३१ तारिक २०२३ शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...