पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला :- उनान्साठ्ठीऔं भाग (५९)
——————————————–
“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०८/२७
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास :- खारेर, झारेर, टारेर, तारेर, दारेर, नारेर, पारेर, सासेर, हारेर आदि मिल्दो ।
स्थायी :- मिल्ने खालको ।
अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
माया गर्छु भन्थ्यो दारेर गयो
लैजान्छु भनेर टारेर गयो
पापीको मनमा तुष रहेछ
हेर खाडलमा पारेर गयो
सम्बन्ध छुटायो बारेर गयो ।
१
बोकाको दाईँ नारेर गयो
सिस्नोको बीउ सारेर गयो
जितको माला पहिरिएर
दोभान सबै तारेर गयो
जीवनदेखि हारेर गयो ।
२
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
पीडा देख्दा देख्दै म छदैछु चिन्ता नगर भन्दै टारेर गयौ
आउदै नआएकोआँसु जबर्जस्ती आँखाबाट झारेर गयौ
नियतिले तिमीसँग कुन दिनमा नि भेट गराइ दिएछ
आज एक्लै बनाइ दुःखको समुन्द्र डुवानमा छाडेर गयौ
विर्सनै नसक्ने गरेर मुटुमा एक्कासी छुरा मारेर गयौ ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग ३
मलाई भुमरीमा पारेर जानेलाई
छल गरि मलाई टारेर जानेलाई
म शिरमा उचालेर सजाइ रहेछु
उहि नजरबाट झारेर जानेलाई
वनेर बाघ भालु दारेर जानेलाई ।
रतन बिष्ट
आलिताल डडेल्धुरा
पञ्चाङ्ग ४
म त खाडलमा पार्दिन भन्थ्यो पारेर गयो
उसको नासो मलाई एक्कासी सारेर गयो
के के न गर्छु भनी हैकमी चलाउँथ्यो सधैँ
आखिर सत्रुको अगाडि आँसु झारेर गयो
केही सीप नलागेर जिन्दगीमा हारेर गयो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ५
बिश्वास गर जहिल्यै तिमी टारेर नजाऊ
संकट पर्दा लाएकाे माया सारेर नजाऊ
इतिश्री हाेला छड्केकाे गाेला घातमा परेर
फक्रिन देउ काेपिला कुञ्ज झारेर नजाऊ
न्यायमा जुध विजयी बन्छाै हारेर नजाऊ ।
सुरेश चन्द्र घिमिरे
लमजुङ
सम पञ्चाङ्ग ६
जिन्दगीको खुसी आउने बाटो बारेर गयौ
तिमीलाई भेट्ने मनको आशा मारेर गयौ
मनले सोचे जस्तो कहिले हुन्न जीवनमा
मेरो विश्वास माया अन्तैतिर सारेर गयौ
ओभानो छैन नयनमा आँसु झारेर गयौ ।
आफ्नो बाझो छ अर्कातिर गोरु नारेर गयौ
आफ्नो व्यबहार आफैँ अल्पत्र पारेर गयौ
किन मुर्ख बन्छौ बुझ्न नसकेर सहि कुरा
आफ्नो भागनै दुनियाँको सामु दारेर गयौ
मित्रताको बाटो झन गहिरो खारेर गयौ ।
२
तारा घिमिरे स्वैच्छा
सङ्खुवासभा खांदबारी ३
मानेभञ्ज्याङल
पञ्चाङ्ग ७
कर्णाली नदी तारेर गयौ
आँखामा आँसु झारेर गयौ
सबैको सामु छलेर सारा
भ्रममा आज पारेर गयौ
आखिर ज्युँदै मारेर गयौ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ८
रुख चढाई फेद ढाली झारेर छाडे
साथ दिन्छु भन्नेले एक्लो पारेर छाडे
झुटा वाचा किन गर्नु सोझो मान्छेलाई
जानीजानी आज नर्कमा तारेर छाडे
जिउँदैमा समाज सामु मारेर छाडे।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग ९
मेरो कोमल दिलमा उनले माया सारेर गइन्
रोपेर यो माया मलाई भने एक्लै पारेर गइन्
मलाइ नरुनु भनिन् बिदाइको हात हल्लाउदै
नरुनु भनेर उनले भने आँसु झारेर गइन्
आखिरीमा प्रेम सङ्ग उनलेे पनि हारेर गइन् ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १०
कुरा गर्नु मन खारेर सजिलै
त्यतिकै नबस्नु टारेर सजिलै
सकेकोभलो कामको लगाममा
पछ्याउँदै बस्नु बारेर सजिलै
नसकेमा खानु झारेर सजिलै ।
जमुना आचार्य , सिन्धुपाल्चोक
समपञ्चाङ्ग ११
निर्दोषलाई बिनाकारण खारेर के पायौ
आफ्नै सहयोगीलाई तल झारेर के पायौ
कस्तो रैछ तिम्रो धोको,रिस भरिएको पोको
हरेक दिन स्वार्थको हल नारेर के पायौ
सोझो मान्छेलाई दोधारमा पारेर के पायौ ?
तगारो लगाएर नजिकै बारेर के पायौ
गल्ती माथि गल्ती गर्दै अझ टारेर के पायौ
के स्वार्थले भाँडो भरेको,अन्तै फेरि सरेको
कल्पनाको सहरमा म्याद सारेर के पायौ
थोरै सास राखेर जिउँदै मारेर के पायौ ?
✍️प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १२
पलाएको मुना झारेर गयो
संकटको बेला छाडेर गयो
दैबले खै किन भेटाएको हो
दोभानमा एक्लै पारेर गयो
मायालुको चिनो नासेर गयो ।
धनमाया चौधरी कैलाली