चित्रमा पञ्चाङ्ग
===========
भाग: ४२
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/०८/२२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————–
सामाजिक सञ्जालबाट
समायोजक
—————–
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बयालिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
माछालाई जिवनयापन सबलता खोली अनुसार
एकल केही हुँदैन , प्रबलता हुन्छ टोली अनुसार
विजयको हर्षोल्लास जस्तै परीक्षण हुनेनैछ थुप्रै
सौम्य दिनको प्रतिफल जताउनेछ होली अनुसार
काम, कर्तव्य र अधिकार बन्नुपर्छ बोली अनुसार ।
प्रेम थापा “मन”
पञ्चाङ्ग २
अब देशमा परिवर्तन आउनु पर्छ
आफ्नो घर त अब आफैंले छाउनु पर्छ
बूढो गोरु जोतेर मेलो कति सरेन खै
अब भने बहरलाई पो दाउनु पर्छ
देशले अब नया नेतृत्व पाउनु पर्छ ।
१
अब सबैले देशभक्तिको गीत गाउनु पर्छ
बाझिएका ती खेतका गह्रा अब साउनु पर्छ
तेरो मेरो होइन अब हामी र हाम्रो भनौ न
हिमाल पहाड तराई ले प्रीति लाउनु पर्छ
लेक बेसी डाँडाकाँडा फेरि अब धाउनु पर्छ ।
२
पशपती राई खोटाङ ।
पञ्चाङ्ग ३
जाग उठ देशको विकास जनताको हातमा आएको छ
समस्याका जग उखेलेर फाल्नेमा अभिमत पाएको छ
साथ पाउनेछौ नडगमगाई अघि बढ कुना कन्दरा
जनजनको बोलीले झरना खोलीले संगीत गाएको छ
वरदान सावित आमाले चाहेको पुग्ने कर छाएको छ ।
जमुना आचार्य, सिन्धुपाल्चोक
पञ्चाङ्ग ४
विकासले ढाकौं सेरोफेरो देशलाई
चाहिँदैन कहिल्यै अँधेरो देशलाई
आउनु पर्छ रवि झैँ देशभक्तहरु
दिनदिनै पार्छन अफ्ठेरो देशलाई
युवा शक्ति नै चाहियो मेरो देशलाई ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ५
घण्टि बजायाे रबिले
मत कजायाे रबिले
भ्रष्टकाे मन डरायाे
आशा सजायाे रबिले
हाेला मजा याे रबिले ।
म प्र घि
पञ्चाङ्ग ६
देखाऊ काम युगले मागेको
राखेर नाम युगको मागेको
गरिब जन खुसीसाथ बस्न
बनाऊ धाम युगले मागेको
बनेर राम युगले मागेको ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ७
देउता छोडी तिम्रै नाउँमा घण्टी बजाउनेहरू
तिमीलाई नै साथ छ भन्छन् आमा सजाउनेहरू
अब केही हुन्छ कि भन्ने झिनो आस पलाउदैछ
हटछन् कि लुकेर डुङडुङती गनाउनेहरू
घट्छन् निर्दोषको बलिदिई पर्व मनाउनेहरू ।
सुशील सुनार
प्युठान गौ.गा.पा-७
पञ्चाङ्ग ८
देखाएको आशा कतिको पूरा हुन्छं हेर्न बाँकी नै छ
अब जनताका कतिको कुरा हुन्छ हेर्न बाँकी नै छ
देश युवाको हातमा छ भन्दै निकै भाषण गर्थियौं
के के पूरा गर्छौ के के अधूरा हुन्छ हेर्न बाँकी नै छ
भ्रष्टका लागि बोली कति छुरा हुन्छं हेर्न बाँकी नै छ
हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा
पञ्चाङ्ग ९
युवाको हातमा बिस्तारै जिम्मेवारी सुम्पने बेला आएको छ
जनताको समस्याले समाधान पाउँछ आसा पलाएको छ
कतिसम्म सहयोग पुग्छ पुर्व जनको देश विकास गर्न
हरेक ठाउँमा विकृति र विसङ्गतिको लहर छाएको छ
सुरक्षा कबज हौ आसा भरोषाले मन दह्रो बनाएको छ ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग १०
रबी झैं छौ कवि तिमी
कवि झैं छौ रबी तिमी
अब त केही होला नी
दियो झैं छौ छबी तिमी
कसी झैं छौं नबी तिमी ।।
धनमाया चौधरी कैलाली
पञचाङ्ग १२
राम्रा बिरुवा सपार्न वरिपरिका घाँस गोड्नुपर्छ अब
वृद्धाश्रम मात्र बनाउनेलाई त्यहीँ नै छोड्नुपर्छ अब
अति गरे छानविन पनि विदेशी मन्त्री बन्ने देशमा नि
मपाईँत्वले जरा गाड्यो त्यो संस्कारलाई तोड्नुपर्छ अब
स्वतन्त्रले देश बनाउँछ सरकारमा जोड्नुपर्छ अब ।
सविता के. सी., काठमाडौँ ।
पञ्चाङ्ग १२
अब देशको बिकास जनताको हातमा आएको छ
भएका यि समस्याको जरा फाल्ने साथमा आएको छ
उठ युवाहरू हो देशलाई तिमीहरुको छ खाचो
गिद्धे नजर लाउदै छिमेकीले साँधमा आएको छ
यहा सबै जिम्मेवारी जति तिम्रै काधमा आएको छ ।
दुर्गा भट्टराई
मोरङ